"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिँचाइ विभागका तत्कालीन महानिर्देशक विरुद्ध साढे ३ करोडको मुद्दा

प्रकाशित मिति :  19 June, 2023 7:41 pm


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले उनी विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आरोपी राजभण्डारी विरुद्ध ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। २०५१ फागुन ३० गते सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारी २०७९ भदौ ३१ गते सेवाबाट अवकाश पाएका थिए।

आयोगका अनुसार राजभण्डारीको वैधानिक आय पारिश्रमिक बचत, उनको श्रीमतीको पारिश्रमिक बचत, उपदान, दैनिक भ्रमण भत्ता तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त भएको आय, सेयर बिक्रीबाट प्राप्त आय गरी ३ करोड ८५ लाख ५१ हजार ७ सय ४० रुपैयाँ बराबर छ।

सो अवधिमा राजभण्डारीले ७ करोड ४२ लाख २९ हजार ८६ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ। त्यसमध्ये ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बराबरको रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको पाइएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।

राजभण्डारीले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी आर्जन गरेको पाइएको र त्यस्तो सम्पत्तिले श्रीमती दीपा श्रेष्ठको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको तथा विभिन्न कम्पनीमा लगानी गरेको पाइएको आयोगको भनाइ छ।

आरोपी राजभण्डारी र उनका श्रीमती दीपाको नाममा रहेको सम्पत्ति जफतको माग दाबी पनि अदालतमा दायर मुद्दामार्फत गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार