"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसंग ३-१ ले पराजित

प्रकाशित मिति :  21 June, 2023 7:48 pm


काठमाडौँ । भारतको बेंगलुरुमा सुरू दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपालले खराब सुरूवात गरेको छ।  उद्‌घाटन खेलमा नेपालमाथि आमन्त्रित टिम कुवेतले ३-१ गोलको जित निकालेको छ। पहिलो हाफमा २-० गोलको अग्रता लिएको कुवेतले दोस्रो हाफमा एक गोल थपेको थियो। नेपालका लागि दोस्रो हाफमा अन्जन विष्टले गोल गरे। खेलको २३औं मिनेटमा कुवेतले अग्रता लियो। कुवेतका लागि कप्तान खालिद हाजियाले गोल गरे। 

कर्नर बललाई नेपाली डिफेन्डरले क्लियर गर्न नसक्दा खालिदले हेडमार्फत् बललाई जाली चुमाए।कुवेतले ४२औं मिनेटमा अग्रता दोब्बर पार्‍यो। अलखालिदले डिबक्सभित्र प्राप्त अवसरमा नेपाली डिफेन्डर विमल पाण्डेको रोक्ने प्रयास विफल पार्दै उत्कृष्ट फिनिसिङ गरे।

पहिलो  हाफमा नेपालका लागि अन्जन विष्टले डिबक्स भित्र मौका पाए पनि फिनिसिङ गर्न सकेनन्। कुवेतले पहिलो हाफमा नेपाली पोस्टमा दबाब दिएपछि नेपाली डिफेन्डर व्यस्त बनेका थिए। खेलको ६५औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत् तेस्रो गोल गर्‍यो। अनन्त तामाङले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा कुवेतका मोहमद अब्दुल्लाहले गोल गरे। 

नेपालले ६८औं मिनेटमा गोल गर्न सफल भयो। कुवेतका डिफेन्डरले हेड बल क्लियर गर्न नसकेपछि प्राप्त अवसरमा नेपालका अन्जन विष्टले उत्कृष्ट फिनिसिङ गरे।  अन्जनको यो नेपालका लागि १२औं अन्तर्राष्ट्रिय गोल हो। नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका अन्जन कीर्तिमान बराबरी गर्नबाट एक गोल टाढा छन्। नेपालका लागि सर्वाधिक गोलको रेकर्ड बनाएका हरि खड्का र निराजन रायमाझीले १३-१३ गोल गरेका थिए।

नेपालले अब दोस्रो खेलमा असार ९ गते घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्।  दुवै समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल आगामी असार १९ मा हुनेछ।

च्याम्पियनसिपको यो संस्करणमा साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णयअनुसार लेवनान र कुवेतले पनि साफ खेल्न लागेका हुन्।  श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औं संस्करण हो। सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो। 

१३ संस्करण मध्ये भारतले आठ पटक उपाधि जितेको छ। नेपालले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन। गत संस्करणको फाइनलमा पुग्नु नेपालको उच्च प्रदर्शन हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको