"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्वजनिक जग्गा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा गाविस अध्यक्षसहित ६ जनाविरूद्ध मुद्दा

प्रकाशित मिति :  22 June, 2023 4:33 pm


पोखरा । पोखराको सराङकोटमा सार्वजनिक जग्गा मिचेर भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस अध्यक्षसहित ६ जनाविरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी दुरूपयोग गरेको भन्दै मुद्दा दायर गरेको हो। 

तत्कालीन सराङकोट गाउँ विकास समिति (गाविस) का अध्यक्ष मोदनाथ रेग्मी, झपटबहादुर थापा, वडा सदस्य ऐमबहादुर थापा, सचिव मानबहादुर थापा, प्रतिवादी दिलबहादुर गुरूङ र वडा ७ बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर थापाविरूद्ध मुद्दा दायर भएको हो।  पोखरा महानगर-१८ सराङकोटस्थित करिब ५/६ रोपनीको सार्वजनिक जग्गा मिचेर नक्सा पास नगरी घर निर्माण गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।  उक्त उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा उनीहरूले भ्रष्टाचार गरेको खुलेको हो।

अख्तियारले उनीहरूसँग एक करोड ५० लाख बिगो माग गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। तत्कालीन जनप्रतिनिधिहरूले बाटो बनाउन बजेट व्यवस्था गर्ने भन्दै कानुनले प्रदान नगरेको अधिकार प्रयोग गरी सरकारी जग्गा वडास्तरीय भेला गराएर टेन्डर आह्वान गरेका थिए।  त्यसरी बोलकबोल गर्नेबाट प्रस्ताव गरी रकम लिएर अस्थायी बसोबासका लागि प्रमाणपत्र दिएर सरकारी जग्गा अनधिकृत तवरले बिक्री गरेको अख्तियारले जनाएको छ।  उनीहरूले अस्थायी बसोबासका लागि दिलबहादुर गुरूङलाई प्रमाणपत्र दिएका थिए। 

अहिले उक्त जग्गामा स्थायी संरचना निर्माण गरी निजी प्रयोगमा लगाएको देखिएको अख्तियारले जनाएको छ। यसरी उनीहरूले जग्गा हडपेर सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको पुष्टि हुने अख्तियारले दाबी गरेको छ। अख्तियारले उनीहरूलाई कैद सजाय, बिगोबमोजिमको जरिवाना र दुरूपयोग गरेको सम्पत्ति समेत असुल गर्न मागदाबी लिएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द