"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्युत प्राधिकरणका पूर्व मेकानिकल इन्जिनियरविरुद्ध ३ करोड १३ लाख भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  22 June, 2023 7:26 pm


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

९ फागुन २०४८मा सरकारी सेवामा प्रवेश गरेका उनले ९ जेठ २०७९ मा अवकास पाएका थिए। यो अवधिमा उनले घर निर्माण, जग्गा खरिददेखि छोरीहरु विदेश पठाउँदाको खर्च, शेयर सबै गर्दा ३ करोड १३ लाख ९८ हजार ५९४ रूपैयाँ नब्बे पैसा खर्च तथा लगानी गरेको अख्तियारको ठहर छ।

जबकी उनको बैध आम्दानी १ करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा मात्र भएको अख्तियारले बताएको छ। यादवले १ करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ ४१ सम्पत्ति गैरकानूनी आर्जन गरेको अख्तियारको दाबी छ।

गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती मंजुदेवी यादवको नाममा घरजग्गा, शेयर खरिद गरेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ