"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विद्युत प्राधिकरणका पूर्व मेकानिकल इन्जिनियरविरुद्ध ३ करोड १३ लाख भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  22 June, 2023 7:26 pm


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

९ फागुन २०४८मा सरकारी सेवामा प्रवेश गरेका उनले ९ जेठ २०७९ मा अवकास पाएका थिए। यो अवधिमा उनले घर निर्माण, जग्गा खरिददेखि छोरीहरु विदेश पठाउँदाको खर्च, शेयर सबै गर्दा ३ करोड १३ लाख ९८ हजार ५९४ रूपैयाँ नब्बे पैसा खर्च तथा लगानी गरेको अख्तियारको ठहर छ।

जबकी उनको बैध आम्दानी १ करोड ७१ लाख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा मात्र भएको अख्तियारले बताएको छ। यादवले १ करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ ४१ सम्पत्ति गैरकानूनी आर्जन गरेको अख्तियारको दाबी छ।

गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती मंजुदेवी यादवको नाममा घरजग्गा, शेयर खरिद गरेको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार