"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बजेट संशोधन नभए पास हुन नदिने सत्ता पक्ष नेकपा एसको निर्णय

प्रकाशित मिति :  23 June, 2023 10:22 am


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यथास्थीतिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थीतिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्र प्रसाद पाण्डले बताए।

बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सबैसँग छलफल गर्ने निर्णय गरेको उनको भनाइ छ।

उनले असन्तुलित विषयलाई सन्तुलित बनाएर मात्रै बजेट पारित गर्न सकिने धारणा राखे । बजेटको छलफलका क्रममा संसदमा समेत अर्थमन्त्रीले संशोधन गर्ने संकेत देखाएको उनको दाबी छ।

१६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटिबढी नहुने भन्दै बजेट पनि सामान रुपमा गर्न उक्त पार्टीले माग राखेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै