"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकप छनोटमा नेपाल वेष्ट इन्डिजसंग हारेपछि नेदरल्याण्ड्सलाई जित्नैपर्ने दबाबमा

प्रकाशित मिति :  23 June, 2023 11:16 am


काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेदरल्याण्ड्ससँग बिहीबार पाँच विकेटले पराजित भएको अमेरिका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ४० बल बाँकी रहँदै पाँच विकेटको क्षतिमा नेदरल्याण्ड्सले लक्ष्य भेटायो । अब सोमबार अंक तालिकाको दोस्रो स्थानमा रहेको जिम्बाव्वेसँग अमेरिकाले खेल्नेछ । तर त्यो खेल जितेपनि अमेरिका सुपर सिक्समा पुग्ने छैन ।

किनकि दुई खेल लगातार जितेर वेष्ट इण्डिज ४ अंकसहित पहिलो र उति नै खेलमा समान ४ अंकसहित जिम्बाव्वे दोस्रो स्थानमा छ । दुई खेल मात्रै खेलेको नेदरल्याण्ड्स दुई अंक सहित तेस्रो र तीन खेल खेलेर नेपाल दुई अंक सहित चौथो स्थानमा छ ।

शनिबार नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । जित्ने टीमलाई सुपर सिक्समा पुग्न सहज हुनेछ । तर मंगलबार नेपालसँग ६ विकेट र वेस्ट इण्डिजसँग ३७ रनले पराजित भएको अमेरिकाले जिम्बाव्वेविरुद्ध जित निकाले पनि सुपर सिक्समा पुग्ने छैन ।

त्यसो हुँदा वेष्ट इण्डिज, जिम्बाव्वे, नेदरल्याण्ड्स र नेपालबीच सुपर सिक्समा पुग्ने प्रतिस्पर्धा हुनेछ । यी टीमहरु मध्ये दबावमा नेपाल छ । नेपालले शनिबार नेदरल्याण्ड्सविरुद्ध जित निकालेर मात्रै सुपरसिक्समा स्थान पक्का हुने छैन ।

आइतबार जिम्बाव्वेसँग आठ विकेट र बिहीबार वेष्ट इण्डिजसँग १०१ रनले पराजित नेपाल एक खेल बाँकी रहँदा चौथो स्थानमा छ । यदि शनिबार नेदरल्याण्ड्सलाई हराएमा नेपाल तेस्रो स्थानमा उक्लन सक्छ । तर सोमबार नेदरल्याण्ड्सले वेष्ट इजिण्डलाई हरायो भने त्यस्तो अवस्थामा नेपालसँग समान अंक हुनेछ । र, रनरेटको आधारमा निर्णय हुनेछ ।

दुई/दुई खेल खेलको वेष्ट इण्डिज र जिम्बाव्वे भने अपराजित रहँदै सुपर सिक्समा पुग्ने सहज अवस्थामा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको