"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुखसहितका ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  24 June, 2023 11:26 am


धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमती पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा शाहले सवारी चालक अनुमती पत्रको लिखित परीक्षामा सहभागी १८० जना र प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरेको देखिएको उल्लेख गरिएको छ ।

शाहले लिखित परीक्षामा सहभागी १३ जनाको उत्तर पुस्तिकाहरूको नतिजा/प्राप्तांक र २३ जनाको नतिजा÷प्राप्तांक सच्याएको पनि भनिएको छ ।

शाहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको भएकाले सोही ऐनको दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजायको माग दाबी गर्दै आरोप पत्र विशेष अदालतमा दायर गरिएको अख्तियारले जनाएको छ ।

यस्तै सोही कार्यमा तत्कालीन करार सेवामा सहायक कम्प्युटर अपरेटरमा कार्यरत नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलको समेत संलग्नता देखिएकाले उनीहरुविरुद्ध समेत सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

तत्कालीन प्रमुख शाहले २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरेकोमा कठरियाले १६४ जना परीक्षार्थीहरुको प्रविष्ट नतिजालाई आफ्नो आधिकारिक युजर आइडीबाट स्वीकृत गरेको र पवनकुमार रावलले लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ४ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरेर आफ्नो आधिकारिक युजर आइडीबाट लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) गरेको पाइएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार