"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतसँग नेपाल पराजित, सकियो साफ च्याम्पियनसिपको यात्रा

प्रकाशित मिति :  25 June, 2023 11:18 am


काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। नेपाल सन् २०१५ को साफपछि सेमिफाइनलबाट बाहिरिएको हो। सन् २०१८ मा नेपाल सेमिफाइनलमा पराजित हुँदा सन् २०२१ को साफको उपाधि भिडन्तमा भारतसँगै पराजित हुन पुगेको थियो।

शनिबार जित्नै पर्ने खेलमा नेपाल घरेलु टिम भारतसँग २-० गोलले पराजित भयो। बेंग्लोरमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी खेल्दा नेपालले केही राम्रा अवसर गुमाएको थियो। दोस्रो हाफमा भने भारतीय टिम आक्रमक रुपमा प्रस्तुत भयो। भारतका लागि कप्तान सुनील क्षेत्रीले ६२ मिनेटमा पहिलो गोल गरे।

डिबक्समा प्राप्त पासमा सुनीलले उत्कृष्ट फिनिसिङ गरेका थिए।  ८ मिनेटपछि भारतले अग्रता दोब्बर पार्‍यो। काउन्टर आक्रमणमा सुनील क्षेत्रीले डिबक्सबाट हानेको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर किरण लिम्बूले पञ्च गरे। क्लियर हुन नसकेको सो बलमा भारतका महेश सिंहले गोल गर्न सफल भए। 

लगातार दोस्रो पराजयसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो। यसअघि नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित भएको थियो। नेपाल पराजित भएसँगै पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ। भारत र कुवेत भने समूह ‘ए’ बाट अन्तिम चारमा पुगेका छन्। 

नेपालले अब मंगलबार पाकिस्तानसँग खेल्नेछ। सो खेल अब प्रतिष्ठाको लडाइँ मात्र हुने भएको छ। सोहि दिन भारत र कुवेतबीच हुने खेलले समूह विजेताको टुंगो लाग्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको