"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतसँग नेपाल पराजित, सकियो साफ च्याम्पियनसिपको यात्रा

प्रकाशित मिति :  25 June, 2023 11:18 am


काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। नेपाल सन् २०१५ को साफपछि सेमिफाइनलबाट बाहिरिएको हो। सन् २०१८ मा नेपाल सेमिफाइनलमा पराजित हुँदा सन् २०२१ को साफको उपाधि भिडन्तमा भारतसँगै पराजित हुन पुगेको थियो।

शनिबार जित्नै पर्ने खेलमा नेपाल घरेलु टिम भारतसँग २-० गोलले पराजित भयो। बेंग्लोरमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी खेल्दा नेपालले केही राम्रा अवसर गुमाएको थियो। दोस्रो हाफमा भने भारतीय टिम आक्रमक रुपमा प्रस्तुत भयो। भारतका लागि कप्तान सुनील क्षेत्रीले ६२ मिनेटमा पहिलो गोल गरे।

डिबक्समा प्राप्त पासमा सुनीलले उत्कृष्ट फिनिसिङ गरेका थिए।  ८ मिनेटपछि भारतले अग्रता दोब्बर पार्‍यो। काउन्टर आक्रमणमा सुनील क्षेत्रीले डिबक्सबाट हानेको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर किरण लिम्बूले पञ्च गरे। क्लियर हुन नसकेको सो बलमा भारतका महेश सिंहले गोल गर्न सफल भए। 

लगातार दोस्रो पराजयसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो। यसअघि नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ गोलले पराजित भएको थियो। नेपाल पराजित भएसँगै पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ। भारत र कुवेत भने समूह ‘ए’ बाट अन्तिम चारमा पुगेका छन्। 

नेपालले अब मंगलबार पाकिस्तानसँग खेल्नेछ। सो खेल अब प्रतिष्ठाको लडाइँ मात्र हुने भएको छ। सोहि दिन भारत र कुवेतबीच हुने खेलले समूह विजेताको टुंगो लाग्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार