"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पशुपति विकास कोषका पूर्वसदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  26 June, 2023 2:25 pm


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेका छन् ।

पशुपतिनाथ मन्दिरको जलहरी राख्ने प्रकरणमा समेत विवादमा परेका ढकाललाई १ करोड ४४ लाख ११ हजार ७८७ रुपैयाँ बिगो कायम र त्यति नै जरिवाना र कैद सजायको माग गरिएको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकालविरुद्ध कायम भएको बिगो बमोजिम जरिवाना, भ्रष्टाचारबाट आर्जित र त्यसबाट बढेबढाइएको सम्पत्ति जफत गर्न अख्तियारले माग दाबी दिएको छ ।

२०७४ साउन ३२ गते तत्कालीन पर्यटनमन्त्री जितेन्द्र देवले ढकाललाई पशुपति विकासको कोषको सदस्य सचिवमा नियुक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ