"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ललितानिवास जग्गा प्रकरणमा व्यवसायी गुरुङ र आयुक्त शाह सहित सातजना पक्राउ

प्रकाशित मिति :  27 June, 2023 5:31 pm


काठमाडौँ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा निजीकरण गर्ने प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ। जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शाहलाई मंगलबार पक्राउ गरेको हो।  ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा देखिएको थियो। जसमा उनको समेत मिलेमतो रहेको भन्दै शाहलाई सिआइबीले पक्राउ गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले मालपोत र भूमि सुधार तथा व्यवस्था विभागमा तत्कालीन अवस्थामा कार्यरत थप एक कर्मचारी पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको हो। प्रहरीले डिल्ली बजार मालपोतका तत्कालीन कर्मचारी गोपाल कार्कीलाई पनि पक्राउ गरेको छ।

यो प्रकरणमा प्रहरीले अनुसन्धानका लागि सबैभन्दा पहिले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका हुन्। गुरुङमाथि अख्तियारले ३९ करोड २७ लाख रुपैयाँ बिगो दाबी गरेको छ। प्रहरीले डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसीलाई आजै पक्राउ गरिसकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, तत्कालीन आयोगका आयुक्तसहित १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको भेटवार्तालाई चिनियाँ सरकारी सञ्चारमाध्यमले उच्च महत्त्व दिएका