"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फिफा वरीयतामा नेपाल एक स्थान तल

प्रकाशित मिति :  29 June, 2023 7:10 pm


काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ।  फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औं स्थानमा झरेको हो। यसअघि नेपाल १७४औं स्थानमा रहेको थियो।
    
दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ। भारत १००औं स्थानमा छ। यस्तै माल्दिभ्स १५४औं स्थानमा यथावत रहँदा भूटान एक स्थान सुधार गर्दै १८४औं स्थानमा उक्लेको छ। 

यसैगरी बंगालादेश १९२औं स्थानमा यथावत छ भने पाकिस्तान २०१औं स्थानमा झरेको छ। श्रीलंका २०७औं स्थानमा छ।
    
विश्व वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत् छ भने फ्रान्स दोस्रो रहेको छ। त्यस्तै ब्राजिल तेस्रो, इङ्ग्ल्यान्ड चौथो तथा बेल्जियम पाँचौँ स्थानमा छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको