"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसीसीको पक्षमा मतदान नगरे सरकार छाड्नुपर्छ : गगन थापा

प्रकाशित मिति :  22 February, 2022 5:32 pm


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा मंगलबार संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ दलले नै सरकारले संसदमा पेश गरेको एमसीसी सम्झौताको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य त्यही दिन सकिने बताए ।

सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने, अनि सरकारमा सँगसँगै बस्छु भन्नु अनैतिक हुने कांग्रेस महामन्त्री थापाको भनाइ छ । मतदानको बेला पेट दुख्यो भनेर घर बस्ने, तर अर्को दिन ठीक भयो गठबन्धनमा फर्किएँ भनेर बस्न नसकिने थापाको जिकिर छ ।

कम्युनिष्टको नेतृत्वमा बनेको र कम्युनिष्ट सहभागी भएको सरकारले विभिन्न समयमा एमसीसी सम्झौता अगाडि बढाउने काम गरेकाले अहिले विरोध गर्नुको औचित्य नभएको उनले बताए । कांग्रेस महामन्त्री थापाले भने, ‘कि भन्न सक्नुपर्‍यो त्यसबेला निर्णय गर्दा हामीले ठूलो अपराध गर्‍यौं, भूल गर्‍यौं ।’

कांग्रेस महामन्त्री थापा कांग्रेस नेता तथा प्रजातन्त्र सेनानी स्व. गुणराज पाठकको नवौं दिनको शोकसभा कार्यक्रममा भाग लिन चितवन आएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ ।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसदहरू नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । आज

काठमाडौँ — सर्वोच्च अदालतले गगन थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार

काठमाडौँ- सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन भएका छन्। प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई