"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा आज आर्थिक विधेयकबारे छलफल हुँदै

प्रकाशित मिति :  2 July, 2023 11:14 am


काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभा बैठकमा आज आर्थिक विधेयकमाथि छलफल हुँदै छ ।बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ ।

बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आजै आर्थिक विधेयक-२०८०  पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

आजै उनले राष्ट्र ऋण उठाउने विधेयक-२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन् । त्यसमाथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ ।

विनियोजन विधेयक यसअघि नै पारिस भइसकेको छ ।अब यी विधेयक पारिस भएपछि बजेट कार्यान्वयनको बाटो खुल्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद