"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी सरकार बारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

प्रकाशित मिति :  3 July, 2023 3:56 pm


काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दैछ। सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेश सरकार गठनको विषयमा छलफल हुँदैछ।

नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेका अनुसार कोशी प्रदेश सरकार गठन मुख्य एजेण्डा हो।उनले कोशी सरकार गठनसँगै, संघीय सरकारको कामकारवाही, जनमत पार्टीलाई सरकारमा सामेल गराउनेलगायत विषय पनि छलफलको एजेण्डा हुने जानकारी दिए।

गत असार १४ गते कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असार २१ गतेसम्म सरकार गठनको म्याद दिएका छन्।प्रदेश सभाको अंकगणित अस्पष्ट भएका कारण सरकार गठनमै अप्ठ्यारो पर्ने आकलनसहित काठमाडौं आएका कोशीका गठबन्धनका नेताहरूले आफ्ना शीर्ष नेताको निर्णय पर्खिंदैछन्।

कोशीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता