"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी सरकार बारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

प्रकाशित मिति :  3 July, 2023 3:56 pm


काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दैछ। सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेश सरकार गठनको विषयमा छलफल हुँदैछ।

नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेका अनुसार कोशी प्रदेश सरकार गठन मुख्य एजेण्डा हो।उनले कोशी सरकार गठनसँगै, संघीय सरकारको कामकारवाही, जनमत पार्टीलाई सरकारमा सामेल गराउनेलगायत विषय पनि छलफलको एजेण्डा हुने जानकारी दिए।

गत असार १४ गते कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असार २१ गतेसम्म सरकार गठनको म्याद दिएका छन्।प्रदेश सभाको अंकगणित अस्पष्ट भएका कारण सरकार गठनमै अप्ठ्यारो पर्ने आकलनसहित काठमाडौं आएका कोशीका गठबन्धनका नेताहरूले आफ्ना शीर्ष नेताको निर्णय पर्खिंदैछन्।

कोशीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले