"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् अवरुद्ध हुँदा निष्क्रिय बन्यो मिटरब्याज सम्बन्धी अध्यादेश

प्रकाशित मिति :  5 July, 2023 12:09 pm


काठमाडौँ । सरकारले वैशाख २० मा ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक’ निष्क्रिय बनेको छ। सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको थियो। संविधानअनुसार यस्तो विधेयक संसद्‌मा पेस भएको ६० दिनमा संसद्‌बाटै पारित हुनुपर्ने व्यवस्था छ।

उक्त अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रियसभाले असार १५ गते पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो।प्रतिनिधिसभाले आज बुधबारसम्म पारित गरेर फेरि राष्ट्रियसभामै पठाउनुपर्ने थियो। फेरि राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुपर्ने भए पनि आज संघीय संसद्‌का दुवै सदन विपक्षीले अवरुद्ध गरेपछि विधेयक नै  निष्क्रिय बनेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय मूलका व्यापारी प्रितम सिंह पटकपटक दिल्ली गएको भनेर दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध पारेको थियो। एमालेलाई विपक्षी दलहरू रास्वपा र राप्रपाले पनि साथ दिए। एमालेले दाहालको अभिव्यक्तिलाई लिएर जवाफमात्रै दिएर नहुने पदबाट राजीनामा नै दिनुपर्ने बताएको छ। एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भइसकेको छ।
त्यस्तै प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते शुक्रबार दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद