"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् अवरुद्ध हुँदा निष्क्रिय बन्यो मिटरब्याज सम्बन्धी अध्यादेश

प्रकाशित मिति :  5 July, 2023 12:09 pm


काठमाडौँ । सरकारले वैशाख २० मा ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक’ निष्क्रिय बनेको छ। सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको थियो। संविधानअनुसार यस्तो विधेयक संसद्‌मा पेस भएको ६० दिनमा संसद्‌बाटै पारित हुनुपर्ने व्यवस्था छ।

उक्त अध्यादेशको प्रतिस्थापन विधेयक राष्ट्रियसभाले असार १५ गते पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो।प्रतिनिधिसभाले आज बुधबारसम्म पारित गरेर फेरि राष्ट्रियसभामै पठाउनुपर्ने थियो। फेरि राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउनुपर्ने भए पनि आज संघीय संसद्‌का दुवै सदन विपक्षीले अवरुद्ध गरेपछि विधेयक नै  निष्क्रिय बनेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय मूलका व्यापारी प्रितम सिंह पटकपटक दिल्ली गएको भनेर दिएको अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध पारेको थियो। एमालेलाई विपक्षी दलहरू रास्वपा र राप्रपाले पनि साथ दिए। एमालेले दाहालको अभिव्यक्तिलाई लिएर जवाफमात्रै दिएर नहुने पदबाट राजीनामा नै दिनुपर्ने बताएको छ। एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भइसकेको छ।
त्यस्तै प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते शुक्रबार दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी