"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाली नागरिकसरह विदेशी पर्यटकलाई आन्तरिक उडानमा छुट

प्रकाशित मिति :  23 February, 2022 6:53 am


काठमाडौं । विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमति भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरूलाई नेपाली नागरिक सरह (आन्तरिक हवाई जहाजको भाडामा) छुट दिने सहमति गराएको हो ।

यसै गरी, पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपालले संस्थागत निर्णय गरी कम्तीमा पनि २० प्रतिशतसम्म होटलको कोठा भाडामा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई छुट दिने निर्णय गरेको छ। यसरी विदेशबाट आउने नागरिकलाई हवाई भाडामा छुट दिने सहमती गर्ने हवाई जहाज कम्पनीहरूमा बुद्ध एयरलाइन्स प्रालि तथा यति एयरलाइन्स प्रालि रहेको सो समितिका संयोजक राजाराम गिरीले बताए। ‘विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिकसरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुई हवाई कम्पनीले सहमति गरेका छन्’, उनले भने– ‘अन्य हवाई कम्पनीसँग पनि छलफल बढाएका छौं, उहाँहरूले पनि छुट दिनु हुनेछ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।