"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् बैठक सञ्‍चालन गर्न तीन दलबीच सहमति

प्रकाशित मिति :  9 July, 2023 4:52 pm


काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसद् बैठक सञ्चालन गर्न सहमति भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारूढ कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा यस्तो सहमित जुटेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेपालको प्रधानमन्त्री बन्न नयाँ दिल्लीको हात हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि एमालेले संसद्‍मा निरन्तर अवरोध गर्दै आएको छ।

संसद् बैठकको अवरोध हटाउनकै लागि सत्तारूढ दलका शीर्ष नेताहरूबीच आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलले सत्तापक्षले प्रतिपक्षीसँग वार्ता गर्ने निर्णय भएपछि सत्तागठबन्धनको प्रतिनिधित्व गर्दै प्रचण्ड र देउवाले ‌ओलीसँग वार्ता गरेका हुन्।

आज प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्ने तयारी छ। सो बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिने सहमति जुटेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले