"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् बैठकमा सभामुखमाथि नै किन उठ्यो कार्यसम्पादनको प्रश्न

प्रकाशित मिति :  11 July, 2023 10:55 am


काठमाडौँ । सभामुख देवराज घिमिरेको कार्यक्षमताप्रति सत्तारुढ दल र प्रतिपक्षीले असन्तुष्टि जनाएका छन्। उनीहरूले घिमिरेले कसैको आग्रह र दबाबमा बैठक प्रभावित पार्न खोजेको बताएका छन्। विशेषतः सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले घिमिरेको कामकारबाहीप्रति प्रश्न तेर्स्याएको हो।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्विकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताएका हुन्।

सांसद पौडेलले सभामुखले कसैको आग्रह र दबाबलाई स्विकार्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने बताए। उनले संसद् चल्न नदिने परिस्थितिको पनि अन्त्य हुनुपर्ने बताए। प्रश्न सोधिएकै दिन प्रधानमन्त्रीलाई स्पष्टीकरण दिन दिनुपर्ने भन्दै तिन दिन बिना अर्थमा संसद् बन्द गरिएको बताए।

सांसद पौडेलले एमालेले प्रधानमन्त्रीलाई सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ के आयो भनी प्रश्न समेत गरे। यस्तै प्रतिपक्षी दल रास्वपाले पनि सभामुखको कार्यक्षमतामाथि प्रश्न गरेको थियो। रास्वपा सभापति लामिछानेले सभामुखले प्रतिपक्षी एउटै हुन् भन्ने तवरले हेरेको आरोप लगाएका छन्।

‘हामीलाई एमालेकै नजरमा हेरियो। तर हामी एमालेभन्दा फरक हौँ,’ सभापति लामिछानेले भने। यस्तै अर्को प्रतिपक्षी दल राप्रपाले पनि आफूलाई एमालेकै नजरमा नहेरिदिन अनुरोध गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी