"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् बैठकमा सभामुखमाथि नै किन उठ्यो कार्यसम्पादनको प्रश्न

प्रकाशित मिति :  11 July, 2023 10:55 am


काठमाडौँ । सभामुख देवराज घिमिरेको कार्यक्षमताप्रति सत्तारुढ दल र प्रतिपक्षीले असन्तुष्टि जनाएका छन्। उनीहरूले घिमिरेले कसैको आग्रह र दबाबमा बैठक प्रभावित पार्न खोजेको बताएका छन्। विशेषतः सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले घिमिरेको कामकारबाहीप्रति प्रश्न तेर्स्याएको हो।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्विकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताएका हुन्।

सांसद पौडेलले सभामुखले कसैको आग्रह र दबाबलाई स्विकार्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने बताए। उनले संसद् चल्न नदिने परिस्थितिको पनि अन्त्य हुनुपर्ने बताए। प्रश्न सोधिएकै दिन प्रधानमन्त्रीलाई स्पष्टीकरण दिन दिनुपर्ने भन्दै तिन दिन बिना अर्थमा संसद् बन्द गरिएको बताए।

सांसद पौडेलले एमालेले प्रधानमन्त्रीलाई सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ के आयो भनी प्रश्न समेत गरे। यस्तै प्रतिपक्षी दल रास्वपाले पनि सभामुखको कार्यक्षमतामाथि प्रश्न गरेको थियो। रास्वपा सभापति लामिछानेले सभामुखले प्रतिपक्षी एउटै हुन् भन्ने तवरले हेरेको आरोप लगाएका छन्।

‘हामीलाई एमालेकै नजरमा हेरियो। तर हामी एमालेभन्दा फरक हौँ,’ सभापति लामिछानेले भने। यस्तै अर्को प्रतिपक्षी दल राप्रपाले पनि आफूलाई एमालेकै नजरमा नहेरिदिन अनुरोध गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद