"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाकिस्तानसंग नेपाल ४ विकेटले पराजित

प्रकाशित मिति :  14 July, 2023 6:48 pm


काठमाडौँ । एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा पहिलो खेलमै नेपाल स्तब्ध बनेको छ। सुरुवाती ब्याटिङ गर्दै नेपालले दिएको १८० रनको लक्ष्यलाई ३२ ओभर ५ बलमा भेटाएसँगै पाकिस्तान ‘ए’ ले खेल जितेको हो। समूह ‘बी’ अन्तर्गत पाकिस्तानले नेपाललाई ४ विकेटले पराजित गरेको हो।

पाकिस्तानलाई जित दिलाउन तयब ताहिरले ५१ रन तथा ओमार युसफले ३६ रन बनाए। नेपालका लागि ललित राजवंशीले ३ तथा पवन सर्राफले २ र कुशल मल्लले एक विकेट लिए। कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनायो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन र प्रतिस जिसीले २६ रन जोडे। ९ औँ ब्याट्स म्यानका रूपमा मैदान छिरेका सोमपालले अर्धशतकीय इनिङ खेल्दै नेपाललाई मध्यमस्तरीय लक्ष्य दिएका थिए। सोमपालले १०१ बलमा सोमपालले ९ चौका र २ छक्का प्रहार गरेका थिए।

नेपालका मुख्य ब्याट्स म्यान नचल्दा कम रनमै समेटिनु पर्‍यो। कुशल मल्ल र अर्जुन साउदले समान १७-१७ रन तथा आशिफ शेखले १२ रन बनाए। गुल्सन झाले १३ रन बनाए। कप्तान रोहित पौडेल ४ रन तथा पवन सर्राफ र कुशल भुर्तेल १-१ रनमा आउट भए । भिम सार्की शून्य रनमै पभेलियन फर्किए।

पाकिस्तानका लागि शहनवाज दहानीले ४ तथा मोहम्मद वासिमले ४ विकेट लिए। मुवासिर खानले १ विकेट हात पारे। गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो। टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो।

नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ। भारतसँगको खेल डे नाईट खेल हुनेछ। नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार यूएई ए सँग खेल्नेछ। यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ। सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन्। सेमिफाइनल खेल २१ जुलाईमा हुने छ।

सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन्। फाइनल खेल २३ जुलाइमा रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार