"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बजेटसम्बन्धी तीन विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणीकरण

प्रकाशित मिति :  ३१ असार २०८०, आईतवार १८:१२


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी विधयेकहरू प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले आइतबार बजेटसम्बन्धी तीनवटा विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

संविधानको धारा ११३ को उपधारा १ बमोजिम संघीय संसद्‌बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको सोही धाराको उपधारा २ बमोजिम राष्ट्रपतिले ती विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ। सञ्चार तथा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन

काठमाडौं – द्वन्द्वका कारणहरुको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज

धनगढी- गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन्। मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको