"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बैंककमा परराष्ट्र मन्त्री साउद र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

प्रकाशित मिति :  17 July, 2023 6:16 pm


काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयशंकरसँग सोमबार छलफल भएको छ। थाइल्यान्डको राजधानी बैंककमा भएको बिम्स्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच साइडलाइन वार्ता भएको हो।

नेपाली समकक्षीसँगको छलफलबारे भारतीय विदेश मन्त्री जयशंकरले ट्विटरमा जानकारी दिएका छन्। ‘नेपालका परराष्ट्र मन्त्रीसँगको छलफल राम्रो भयो। हाम्रो नेतृत्वले तयार पारेका सहकार्यका एजेन्डालाई कार्यान्वयन गर्न मिलेर काम गर्न सहमत भयौं,’ जयशंकरले ट्विटरमा लेखेका छन्।

यसअघि गत वैशाखमा साउद र जयशंकरबीच बंगलादेशको राजधानी ढाका  भेट भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौं – मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य