"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अख्तियारद्धारा गत वर्ष ७६० जनाविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दायर

प्रकाशित मिति :  18 July, 2023 12:42 pm


काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा भ्रष्टाचारको मुद्दामा ७६० जनालाई प्रतिवादी बनाएको छ।  सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/०८०मा दायर भएका १६२ वटा मुद्दामा ७६० जनालाई प्रतिवादी बनाइएको प्रवक्ता भोला दाहालले जानकारी दिए। 

उनका अनुसार त्यसमा एक जना विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी छन्। अन्य ३५५ जना राष्ट्रसेवक कर्मचारी, १७८ जना बिचौलिया एवं मतियार र २६६ जना निर्वाचित/मनोनित पदाधिकारीहरू छन्।  ४४२ जना प्रतिवादीले गैरकानुनी लाभहानी लिएको, ४६ जनाले घुस लिएको, १५० जनाले सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको र २९ जनाले गैरकानुनी सम्पत्ति आर्जन गरेका प्रतिवादीहरू छन्। 

त्यस्तै आठ जना नक्कली शैक्षिक प्रमाण-पत्र, ४६ जना राजस्व हिनामिना र विविध कसुरका ३९ प्रतिवादीविरूद्ध मुद्दा दायर भएको हो। उनीहरूको मुद्दा विशेष अदालतमा दायर गरी जम्मा एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ मागदाबी गरिएको प्रवक्ता दाहालले बताए। 

अख्तियारले विशेष सूचनाको आधारमा स्टिङ अपरेशन पनि सञ्चालन गर्ने गरेको छ। जसबाट गएको आर्थिक वर्षमा अख्तियारले ३७ स्टिङ अपरेशन गरेको छ। जसबाट ४० जना राष्ट्रसेवक कर्मचारी, ६ जना बिचौलिया र ८ जना निर्वाचित पदाधिकारीहरू पक्राउ परेका हुन्। यस्तै आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा उजुरी र फर्छ्यौटको संख्या बढेको अख्तियारले जनाएको छ। 

आव ७८/८९ मा भ्रष्टाचारका २४ हजार ३३१ उजुरी परेकोमा १७ हजार १६९ मुद्दा फर्छ्यौट भएका थिए। गत वर्ष भने २७ हजार ५३० उजुरीमा १८ हजार २४५ उजुरी फर्छ्यौट भएका हुन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार