"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस रुपान्तरण अभियानले बुझायो प्रतिवेदन [पूर्णपाठसहित]

प्रकाशित मिति :  18 July, 2023 1:15 pm


काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाले प्रतिवेदन बुझाएका छन् । अभियानकर्मीले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिएका थिए । तर, सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्य सचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ ।

अभियानले रूपान्तरणका प्रमुख मुद्दा र समाधानका विकल्पबारे सातवटै प्रदेश तथा विदेशस्थित जनसम्पर्क समितिहरू (डायस्पोरा) सँगको प्रथम चरणको छलफल सम्पन्न गरी काठमाडौँ उपत्यकामा उपलब्ध प्राध्यापक, महिला तथा तरुण नेताहरूसँग समेत अन्तरक्रिया गर्दा प्राप्त सुझावलाई पहिलो मस्यौदाका रूपमा सूचीबद्ध गरेर पेस गरिएको जनाएको छ।

पार्टी पार्टी रूपान्तरणका लागि पेस गरिएको सुझावमा सात बुँदा छन्। तिनमा पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकप्रिय मतमा आएको गिरावट, छिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भएको अस्वाभाविक गठबन्धन र सरकार निर्माणका क्रममा भएको राजनीतिक दुर्घटना, उपनिर्वाचनको अनपेक्षित परिणाम, भ्रष्टाचार प्रकरणहरूमा पार्टीका नेताहरूको संलग्नताका विषयमा पार्टी बैठकमा छलफल गर्नुपर्ने माग गरिएको छ।

यस्तै विभिन्न जिल्लाका साथीहरूबाट व्यक्तिगत तथा सामूहिक रूपमा व्यक्त असन्तुष्टि, छटपटी र आक्रोश, पार्टीका अवयव तथा भ्रातृ/शुभेच्छुक संस्थाहरूमा देखिएको आन्तरिक अव्यवस्था, नीतिविहीनता र विधिविहीनतामा पार्टी सञ्चालनमा पनि छलफल गर्नुपर्ने सुझाव अभियानको छ।

‘पार्टी रूपान्तरणका लागि प्राप्त महत्त्वपूर्ण सुझावलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय एवम् कार्यान्वयनका लागि हार्दिक अनुरोध गर्दछौँ’, निदवेदनमा उल्लेख छ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा प्रतिवेदनमाथि पनि छलफल हुनुपर्ने बताउँदै अभियानका नेताहरूले प्रतिवेदन सभापतिलाई बुझाउन समय मागेका थिए। तर देउवाले उनीहरूलाई समय नै दिएनन्। उनीहरूले कार्यालयमै पुगेर मुख्यसचिव पौडेललाई प्रतिवदेन बुझाएका हुन्।

निवेदनमा अभियानका तर्फबाट मधु आचार्य, गुरुराज घिमिरे मधु आचार्य, गुरुराज घिमिरे, भरतबहादुर खड्का, भूपेन्द्रजंग शाही, विष्णुदेवी पाण्डे, रीता शाही, भूपेन्द्रबहादुर थापा, सुवास कुमार पोखरेल, जगदीशनरसिंह केसी, रञ्जित कर्ण, सुभास लोहनी, उमा शिवाकोटी, देवराज चालिसे र डा. गोविन्दराज पोखरेलले हस्ताक्षर गरेका छन्।

नेपाली कांग्रेसलाई समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन गरेर अघि नबढ्ने हो भने पार्टी सदस्यहरूमा झन् झन् निराशा बढ्दै जाने र पार्टीको लोकप्रिय जनाधार खस्किँदै जाने स्थिति प्रस्ट रहेको निवेदनमा उल्लेख छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक वर्षपछि आज दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्दैछ।

अभियानले गत जेठ ११ देखि ३१ गतेसम्म सात प्रदेशमा भेला गरेर रुपान्तरण अभियान चलाएको थियो। काठमाडौँमा महिला र तरुणहरूसँग अलगअलग छलफल गरेको थियो।

रुपान्तरण एजेण्डाको पूर्ण पाठ :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा