"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री दाहाल साउन ७ गते इटाली भ्रमणमा जाने

प्रकाशित मिति :  19 July, 2023 11:30 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले साउन ७ गते गतेदेखि इटालीको भ्रमण गर्ने भएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट-२०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

‘संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टोकिङ मुभमेण्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ । यसमा प्रतिनिधि मण्डलमा मान्य कृषि तथा पशुपंक्षी विकासमन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था भएको छ,’ उनले भनिन् । सम्मेलन जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ ।

त्यस्तै सरकारले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर त्यसलाई छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले समसामयिक विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद जयपति रोकायाले बजेटले हुम्ला र समग्र कर्णाली क्षेत्रलाई

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले