"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल यूएईसँग ३ विकेटले विजयी

प्रकाशित मिति :  19 July, 2023 6:48 pm


काठमाडौँ । संयुक्त अरब इमिरेट्स(यूएई ए)माथि जित निकाल्दै नेपाली क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा ह्याट्रिक हारबाट जोगिएको छ। यसअघि पाकिस्तान‘ए’सँग ४ विकेट र भारत ‘ए’सँग ९ विकेटकाे लज्जास्पद हार व्यहाेरेकाे नेपाली टिमले बुधबार यूएईसँग ३ विकेटले जितेकाे हाे।

नेपालकाे जितमा कुशल भुर्तेलकाे सानदार अलराउण्ड प्रदर्शन रह्याे। यूएईविरुद्ध बलिङमा ६ विकेट लिएका भुर्तेलले ब्याटिङमा ९ चौका र ४ छक्काकाे मद्दतमा ७१ रन बनाए। अर्का ओपनर अर्जुन साउद डकआउट भए। भुर्तेल र देव खनालले नेपालका लागि राम्राे पार्टनर्सिप गरे। खनाल र सन्दीप जोराले २४/२४ रन बनाए। खनाल र जाेराकाे विकेटपछि नेपालकाे लगतातार विकेट गए।

गुल्सन झाले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। प्रतिश जीसी ८, कुशल मल्ल २ र पवन सारफ शून्य रनमा आउट भए। श्रीलंकाको कोलोम्बोमा सम्पन्न खेलमा यूएई एका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको यूएई ए ४४ ओभरमा १५७ मा अलआउट भएको थियो। श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए। नेपालले आजको खेलमा जित निकाले पनि इमर्जिङ कपबाट यसअघि नै बाहिरिसकेकाे छ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। यूएई ए यसअघि भारत एसँग ८ र पाकिस्तान एसँग १ सय ८४ रनले पराजित भएकाे थियो।

समूह विजेताका लागि अहिले भारत र पाकिस्तानबीच खेल भइरहेकाे छ। यस प्रतियोगितामा ६ टोलीकाे सहभागिता छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिनेछन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ। सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन्। फाइनल खेल २३ जुलाइमा हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको