"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल यूएईसँग ३ विकेटले विजयी

प्रकाशित मिति :  19 July, 2023 6:48 pm


काठमाडौँ । संयुक्त अरब इमिरेट्स(यूएई ए)माथि जित निकाल्दै नेपाली क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कपमा ह्याट्रिक हारबाट जोगिएको छ। यसअघि पाकिस्तान‘ए’सँग ४ विकेट र भारत ‘ए’सँग ९ विकेटकाे लज्जास्पद हार व्यहाेरेकाे नेपाली टिमले बुधबार यूएईसँग ३ विकेटले जितेकाे हाे।

नेपालकाे जितमा कुशल भुर्तेलकाे सानदार अलराउण्ड प्रदर्शन रह्याे। यूएईविरुद्ध बलिङमा ६ विकेट लिएका भुर्तेलले ब्याटिङमा ९ चौका र ४ छक्काकाे मद्दतमा ७१ रन बनाए। अर्का ओपनर अर्जुन साउद डकआउट भए। भुर्तेल र देव खनालले नेपालका लागि राम्राे पार्टनर्सिप गरे। खनाल र सन्दीप जोराले २४/२४ रन बनाए। खनाल र जाेराकाे विकेटपछि नेपालकाे लगतातार विकेट गए।

गुल्सन झाले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। प्रतिश जीसी ८, कुशल मल्ल २ र पवन सारफ शून्य रनमा आउट भए। श्रीलंकाको कोलोम्बोमा सम्पन्न खेलमा यूएई एका लागि मोहम्मद फजुरुद्दिनले ५ तथा मोहम्मद जगदुल्लाहले २ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको यूएई ए ४४ ओभरमा १५७ मा अलआउट भएको थियो। श्याम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए। नेपालले आजको खेलमा जित निकाले पनि इमर्जिङ कपबाट यसअघि नै बाहिरिसकेकाे छ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो। यूएई ए यसअघि भारत एसँग ८ र पाकिस्तान एसँग १ सय ८४ रनले पराजित भएकाे थियो।

समूह विजेताका लागि अहिले भारत र पाकिस्तानबीच खेल भइरहेकाे छ। यस प्रतियोगितामा ६ टोलीकाे सहभागिता छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलका लागि छानिनेछन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ। सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन्। फाइनल खेल २३ जुलाइमा हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध