"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसिया कपमा पहिलो खेल नेपाल-पाकिस्तानबीच हुने

प्रकाशित मिति :  20 July, 2023 11:21 am


काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप क्रिकेट २०२३ को तालिका सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेल नेपाल र पाकिस्तानबीच हुनेछ।

नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० मा (भदौ १३ गते) पाकिस्तानको मुल्तानमा हुनेछ। प्रतियोगिताको दोस्रोत खेल ३१ अगस्टमा बंगलादेश र श्रीलंकाबीच श्रीलंकामा हुनेछ। भारत पाकिस्तानबीचको खेल २ सेप्टेम्बरमा हुने तालिका छ।

एकदिवसीय फम्र्याटमा हुने प्रतियोगितामा ६ टिमको सहभागी हुनेछन्। दुई समूहमा विभाजन गरेर खेल हुने एसीसीले जानकारी दिएको छ। एसीसीका अनुसार नेपाल, पाकिस्तान र भारत समूह ‘ए’मा छन्। श्रीलंका, बंगलादेश र अफगानस्तान समूह ‘बी’ छन्।

एसिया कपमा सहभागी भारत र पाकिस्तान विश्व क्रिकेटमा चीरपरिचित प्रतिद्वन्द्वी मानिन्छन्। अफगानस्तान सन् २०१८मा टेस्ट मान्यता पाएको टिम हो। प्रतियोेगितामा सहभागीमध्ये नेपालमात्रै एसोसिएट टिम हो।

एसिया कप क्रिकेटको आयोजक पाकिस्तान हो। भारतले पाकिस्तानमा गएर नखेल्ने अडान लिएपछि प्रतियोगिताको केही खेल श्रीलंकामा पनि हुने भएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको