"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसिया कपमा पहिलो खेल नेपाल-पाकिस्तानबीच हुने

प्रकाशित मिति :  20 July, 2023 11:21 am


काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप क्रिकेट २०२३ को तालिका सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेल नेपाल र पाकिस्तानबीच हुनेछ।

नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० मा (भदौ १३ गते) पाकिस्तानको मुल्तानमा हुनेछ। प्रतियोगिताको दोस्रोत खेल ३१ अगस्टमा बंगलादेश र श्रीलंकाबीच श्रीलंकामा हुनेछ। भारत पाकिस्तानबीचको खेल २ सेप्टेम्बरमा हुने तालिका छ।

एकदिवसीय फम्र्याटमा हुने प्रतियोगितामा ६ टिमको सहभागी हुनेछन्। दुई समूहमा विभाजन गरेर खेल हुने एसीसीले जानकारी दिएको छ। एसीसीका अनुसार नेपाल, पाकिस्तान र भारत समूह ‘ए’मा छन्। श्रीलंका, बंगलादेश र अफगानस्तान समूह ‘बी’ छन्।

एसिया कपमा सहभागी भारत र पाकिस्तान विश्व क्रिकेटमा चीरपरिचित प्रतिद्वन्द्वी मानिन्छन्। अफगानस्तान सन् २०१८मा टेस्ट मान्यता पाएको टिम हो। प्रतियोेगितामा सहभागीमध्ये नेपालमात्रै एसोसिएट टिम हो।

एसिया कप क्रिकेटको आयोजक पाकिस्तान हो। भारतले पाकिस्तानमा गएर नखेल्ने अडान लिएपछि प्रतियोगिताको केही खेल श्रीलंकामा पनि हुने भएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार