"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओखलढुङ्गाका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  23 July, 2023 6:08 pm


काठमाडौं । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार खतिवडासहित तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिल कुमार बुढाथोकीविरुद्ध चार लाख ७७ हजार ८९९ रुपियाँ भ्रष्टाचार आरोप लागेको जानकारी दिए ।

उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमला, सचिव दीपक प्रसाद धमला, कोषाध्यक्ष गोठी माया मगर नेपाल विद्युत प्राधिकरण, ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीव कुमार यादवले खरिद नै नगरिएको सामग्री आयोजना सुरु हुनुभन्दा अघिको मिति राखी बिलमार्फत गरेको आरोप लागेको आयोगले जनाएको छ ।

यस्तै, आयोगले धनुषाको थुम्हौनास्थ्ति नवयुवक आधारभूत विद्यालयमा कार्यरत शिक्षक सीता कुमारी यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको बताएको छ ।

यादवले अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तहमा उत्तीर्ण गरेको झुट्टा शैक्षिक योग्यता पेस गरी भ्रष्टाचार गरेको आरोप लागेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार