"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

प्रकाशित मिति :  27 July, 2023 5:01 pm


काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको प्रारम्भिक छनोटमा नेपालले लाओसको सामना गर्ने भएको छ। लाओस नेपालको परिचित प्रतिद्वन्द्वी हो। यसअघि थ्री नेसन्स कपको उपाधिका लागि पनि नेपाल र लाओस आमनेसामने भएका थिए। यसअघि दुई टिमबीच तीन प्रतिस्पर्धा भएको थियो। जसमा २ मा जित र एकमा बराबरी गरेको छ।

अमेरिका र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि भएको एसियाली छनोटको ‘ड्र’ मा नेपालले प्लेअफ चरणमा लाओसको सामना गर्ने भएको हो। मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा बिहीबार ‘ड्र’ सार्वजनिक गरिएको थियो। अब नेपालले अक्टोबरमा लाओसमा दुई लेग खेल्ने छ। पहिलो लेग अक्टोबर १२ र दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ। त्यसमा विजयी टिम दोस्रो चरणमा प्रवेश गर्नेछन्।

दोस्रो चरणका लागि शीर्ष २६ टोलीले स्थान पक्का गरिसकेका छन्। यस चरणमा प्लेअफ पार गर्ने १० टोलीसहित कूल ३६ टोलीलाई ४(४ टोलीको ९ समूहमा विभाजन गरेर प्रतियोगिता गरिने छ।

सबै समूहको विजेता र उपविजेताले एएफसी एसियन कप २०२७ को लागि स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरणमा खेल्नेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध