"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

करारका इन्जिनियर घुससहित पक्राउ

प्रकाशित मिति :  31 July, 2023 4:54 pm


काठमाडौं। रुपन्देहीस्थित कोटहीमाई गाउँपालिकामा करार सेवामा रहेका इन्जिनियर अरविन्द कुमार यादव घुससहित पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका टोलीले ४५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएका हुन् ।

यादवले गाउँपालिकाको वडा नं ७ अन्तर्गतको सडक पिसिसी ढलान र ग्रावेल गर्ने कामको नापजाँचपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो ।

सोही उजुरीमाथि छानविन गर्दा उनलाई उक्त रकम लिइसकेको अवस्थामा फेला पारिएको हो ।

उनीविरूद्ध आज आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) बमोजिम जरिवाना र कैद सजाय माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले