"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

करारका इन्जिनियर घुससहित पक्राउ

प्रकाशित मिति :  31 July, 2023 4:54 pm


काठमाडौं। रुपन्देहीस्थित कोटहीमाई गाउँपालिकामा करार सेवामा रहेका इन्जिनियर अरविन्द कुमार यादव घुससहित पक्राउ परेका छन्।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका टोलीले ४५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएका हुन् ।

यादवले गाउँपालिकाको वडा नं ७ अन्तर्गतको सडक पिसिसी ढलान र ग्रावेल गर्ने कामको नापजाँचपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेको थियो ।

सोही उजुरीमाथि छानविन गर्दा उनलाई उक्त रकम लिइसकेको अवस्थामा फेला पारिएको हो ।

उनीविरूद्ध आज आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) बमोजिम जरिवाना र कैद सजाय माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी