"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संवैधानिक परिषद् बैठक बिना निष्कर्ष सकियो

प्रकाशित मिति :  1 August, 2023 7:00 pm


काठमाडौं । संवैधानिक परिषद्को बैठक सर्वोच्च अदालतलका नयाँ प्रधानन्यायाधीश सिफारिस नगरी सकिएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसको एजेन्डा थियो। 

‘आज प्रधानन्यायाधीश सिफारिस गर्नेसम्बन्धी एजेन्डा थियो। हामीले छलफल गर्‍यौं। थप छलफल गर्नुपर्ने देखिएकाले १८ गते ५ बजे फेरि बस्ने गरी बैठक स्थगित भएको छ,’ बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने। 

संवैधानिक परिषद्ले असार २० गते अगावै प्रधानन्यायाधीश सिफारिस गर्नु पर्नेमा बैठक बस्नै विलम्ब भएको थियो। उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।

त्यसको एक महिनाअगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्चको रोलक्रममा अहिले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पहिलो नम्बरमा छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी