"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संवैधानिक परिषद् बैठक बिना निष्कर्ष सकियो

प्रकाशित मिति :  1 August, 2023 7:00 pm


काठमाडौं । संवैधानिक परिषद्को बैठक सर्वोच्च अदालतलका नयाँ प्रधानन्यायाधीश सिफारिस नगरी सकिएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसको एजेन्डा थियो। 

‘आज प्रधानन्यायाधीश सिफारिस गर्नेसम्बन्धी एजेन्डा थियो। हामीले छलफल गर्‍यौं। थप छलफल गर्नुपर्ने देखिएकाले १८ गते ५ बजे फेरि बस्ने गरी बैठक स्थगित भएको छ,’ बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने। 

संवैधानिक परिषद्ले असार २० गते अगावै प्रधानन्यायाधीश सिफारिस गर्नु पर्नेमा बैठक बस्नै विलम्ब भएको थियो। उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।

त्यसको एक महिनाअगाडि नै प्रधानन्यायाधीश सिफारिस गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्चको रोलक्रममा अहिले न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ पहिलो नम्बरमा छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद