वाणिज्य बैंकहरूले ७० अर्ब नाफामा, कुन बैंकको कति ?
काठमाडौँ । सबै वाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा २० वाणिज्य बैंकहरुले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यी बैंकहरुले ५६ अर्ब १७ करोड खुद नाफा कमाएका थिए । केही बैंकको मर्जपछि एकीकृत वित्तीय विवरण सार्वजनिक भएकाले नाफामा उल्लेख्य वृद्धि देखिएको छ । जसले गर्दा तत्कालीन नेपाल बंगलादेश बैंक गाभेको नबिलको नाफा सबैभन्दा धेरै ७६ प्रतिशत बढेको देखिन्छ ।
नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । नबिलपछि ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड खुद नाफा कमाएको छ ।
प्राइम कमर्सियल र कुमारी बैंकको नाफा भने अघिल्लो वर्ष २०७८/७९ को तुलनामा घटेको छ । प्राइम कमर्सियल बैंकको १८ र कुमारीको नाफा २४ प्रतिशतले घटेको हो । यी दुबै बैंकको निष्क्रिय (समयमै उठ्न नसकेको) कर्जा हृवात्तै बढ्दा नाफामा असर देखिएको हो । कुमारीको निष्क्रिय कर्जा ४.७७ प्रतिशत र प्राइम कमर्सियलको ४.२३ प्रतिशत पुगेको छ । यस्तो कर्जा ५ प्रतिशतभन्दा माथि गएमा राष्ट्र बैंकले कारबाही गर्ने व्यवस्था छ ।
धेरैजसो बैंकको नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकहरुको प्रतिफल क्षमता भने बढ्ने सकेको छैन । प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । प्रतिसेयर आम्दानीका आधारमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । सो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । त्यस्तै स्टान्डर्ड चार्टड बैंकको ३७ रुपैयाँ ३९ पैसा र राष्ट्रिय वाणिज्यको ३३ रुपैयाँ ९६ पैसा छ । वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७४ पैसा छ । २०७८/७९ मा १९ रुपैयाँ ९८ पैसा थियो ।
बैंकहरूको नाफा विवरण :
बैंक | नाफा (असार, २०८०) | नाफा (असार २०७९) |
नबिल | ७ अर्ब ५२ करोड ७१ लाख | ४ अर्ब २५ करोड ६० लाख |
ग्लोबल आईएमई | ७ अर्ब २५ करोड ३४ लाख | ४ अर्ब ९५ करोड ९२ लाख |
राष्ट्रिय वाणिज्य | ४ अर्ब ९१ करोड ७१ लाख | ४ अर्ब २९ करोड २८ लाख |
एनआईसी एसिया | ४ अर्ब ६५ करोड १३ लाख | ४ अर्ब २१ करोड ४९ लाख |
इन्भेस्टमेन्ट मेगा | ४ अर्ब २९ करोड ६६ लाख | ३ अर्ब ७९ करोड ७६ लाख |
स्टान्डर्ड चार्टर्ड | ३ अर्ब ५२ करोड ५४ लाख | २ अर्ब २५ करोड ५९ लाख |
नेपाल | ३ अर्ब ४१ करोड १५ लाख | २ अर्ब ९२ करोड ३२ लाख |
एनएमबी | ३ अर्ब ४१ करोड ४ लाख | ३ अर्ब २९ करोड १० लाख |
एभरेस्ट | ३ अर्ब ३९ करोड ३१ लाख | २ अर्ब ४७ करोड ९४ लाख |
हिमालयन | ३ अर्ब २६ करोड ६१ लाख | २ अर्ब ३६ करोड ७५ लाख |
सिद्धार्थ | ३ अर्ब १९ करोड १ लाख | २ अर्ब ९० करोड २४ लाख |
कृषि विकास | ३ अर्ब ९ करोड ९३ लाख | २ अर्ब २२ करोड ५७ लाख |
प्रभु | २ अर्ब ८२ करोड ५२ लाख | १ अर्ब ९० करोड २० लाख |
सानिमा | २ अर्ब ६१ करोड ९२ लाख | २ अर्ब ९ करोड ३१ लाख |
प्राइम कमर्सियल | २ अर्ब २६ करोड ३१ लाख | २ अर्ब ७८ करोड ७३ लाख |
लक्ष्मी सनराइज | २ अर्ब २६ करोड १८ लाख | १ अर्ब ५१ करोड ३४ लाख |
एसबीआई | २ अर्ब २४ करोड १६ लाख | १ अर्ब ६३ करोड ८३ लाख |
सिटिजन्स | २ अर्ब २१ करोड ४४ लाख | २ अर्ब ५६ लाख |
कुमारी | १ अर्ब ९५ करोड ७१ लाख | २ अर्ब ५७ करोड ९८ लाख |
माछापुच्छ्रे | १ अर्ब ८५ करोड ११ लाख | १ अर्ब ६८ करोड ६६ लाख |
बैंकहरूको प्रतिसेयर आम्दानी :
बैंक | प्रतिसेयर आम्दानी (असार २०८०) | प्रतिसेयर आम्दानी (असार २०७९) |
एनआईसी एसिया | ४०.२२ | ३६.४५ |
स्टान्डर्ड चार्टर्ड | ३७.३९ | २३.९२ |
राष्ट्रिय वाणिज्य | ३३.९६ | ३४.८५ |
एभरेस्ट | ३१.७२ | २६.३ |
नबिल | २७.८२ | १८.६४ |
नेपाल | २३.२२ | २०.२९ |
सिद्धार्थ | २२.६४ | २०.६ |
एसबीआई | २२.१५ | १६.१९ |
सानिमा | २१.०२ | १८.४८ |
कृषि विकास | २०.६२ | १४.४१ |
ग्लोबल आईएमई | २०.२८ | २०.८४ |
लक्ष्मी सनराइज | १९.४४ | १३.८८ |
एनएमबी | १८.५७ | १७.९२ |
माछापुच्छ्रे | १८.०५ | १६.४४ |
इन्भेस्टमेन्ट मेगा | १६.०७ | २०.७४ |
सिटिजन्स | १५.५९ | १४.१२ |
हिमालयन | १५.०८ | १८.२६ |
प्रभु | १२ | १४.९७ |
प्राइम कमर्सियल | ११.६६ | १४.९४ |
कुमारी | ७.४६ | १७.५४ |
स्रोत : बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण ।