"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अत्यधिक गर्मी सामना गर्दै दक्षिण एसियाका बालबालिका

प्रकाशित मिति :  8 August, 2023 12:50 pm


नयाँ दिल्ली, एजेन्सी । संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले उच्च तापक्रमको सामना गर्नुपरिरहेको औँल्याएको छ। संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी निकाय (यूनिसेफ)का अनुसार दक्षिण एसियामा करिब ४६ करोड बालबालिका गर्मीको अत्यधिक मारमा परेका छन्।

युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजसेकेराले विश्व नै जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट उथलपुथलको चपेटामा परिरहेको अवस्थामा तथ्यांकले दक्षिण एसियाका बालबालिकाको जीवन र कल्याणलाई गर्मी र उच्च तापक्रमका कारण खतरामा परेको बताए।

संयुक्त राष्ट्रसंघले अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स र पाकिस्तानका बालबालिका जलवायु परिवर्तनको प्रभावको उच्च जोखिममा रहेको औँल्याएको हो। संयुक्त्र राष्ट्र संघले एक वर्षमा ८३ दिन वा सोभन्दा बढी दिन अत्यधिक तापक्रमलाई ३५ डिग्री सेल्सियस (९५ डिग्री फरेनहाइट) भन्दा बढी हुने अवस्थामा परिभाषित गरेको छ।

बच्चाहरू तापमान परिवर्तनको लागि छिटो अनुकूलन गर्न नसक्ने र उनीहरू शरीरबाट अतिरिक्त गर्मी हटाउन सक्षम नहुने राष्ट्र संघको भनाइ छ। ‘साना केटाकेटीहरूले गर्मी सहन सक्दैनन्,’ विजेसेकेराले भने, ‘हामीले अहिले नै कदम नचालेमा यी बालबालिकाले आगामी वर्षहरूमा अझ बढी बारम्बार र अझ तीव्र गर्मीको सामना गर्नुपर्नेछ।’

सन् १८०० को दशकको उत्तरार्धदेखि लगभग १.२ डिग्री सेल्सियसको विश्वव्यापी तापक्रम वृद्धि, जीवाश्म ईन्धनको प्रयोगमा सञ्चालित हुने उद्योग तथा कलकारखाना र मोटर तथा मेसिनसम्बन्धी प्रयोगले बारम्बार गर्मी बढिरहेको राष्ट्र संघले औँल्याएको छ।

साथै अन्य आँधी र बाढी, चरम मौसमी गतिविधि पनि जलवायु परिवर्तनका कारण तीव्र बनेको बताइएको छ। युरोप, एसिया र उत्तरी अमेरिकाका केही भागका दशौँ लाख मानिसहरूलाई प्रभावित गर्ने विश्वव्यापी तापक्रमका कारण तीव्र गर्मी बढेको र जुलाई महिना विश्वव्यापी रूपमा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा तातो महिना रहेको बताइएको छ।

वैज्ञानिकहरूका अनुसार विश्वले पहिले नै उत्सर्जनका कारण उत्पन्न गर्मी र अन्य प्रभावहरूको अनुकूलन गर्न आवश्यक छ। भविष्यमा अझ खराब हुनबाट जोगिन यस दशकमा कार्बन प्रदूषण उत्सर्जनलाई नाटकीय रूपमा घटाउनुपर्छ।

  • रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै