"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकपको प्रारम्भिक खेल नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

प्रकाशित मिति :  8 August, 2023 1:46 pm


काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । म्यानमार फुटबल संघले सोमबार सामाजिक सञ्जालमार्फत नेपालसँग सेप्टेम्बरमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।

नेपाल र म्यानमारबीच पहिलो खेल सेप्टेम्बर ८ र दोस्रो खेल सेप्टेम्बर ११ मा हुनेछ । दुवै खेल थुवुन्ना स्टेडियममा हुनेछ । अक्टोबरमा हुने फिफा विश्वकप छनोटको तयारी स्वरुप दुवै टोलीले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

फिफा वरीयतामा नेपालभन्दा अगाडि रहेको म्यानमार १६०औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा छ । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले म्यानमारसँग दुई खेल खेल्ने निर्णय भएको जानकारी दिए ।

नेपालले विश्वकप छनोटको प्रारम्भिक छनोटमा लाओससँग खेल्नेछ । होम एण्ड अवे अन्तर्गत नेपालले अक्टोबर १२ मा दशरथ रंगशालमा लाओससँग पहिलो खेल खेल्नेछ भने दोस्रो खेल अक्टोबर १७ मा लाओसको मैदानमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार