"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

प्रकाशित मिति :  8 August, 2023 7:40 pm


काठमाडौं । प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ चित्त बुझ्दो नभएको भन्दै नेकपा (एमाले)ले संसद्मा नाराबाजी गरेपछि आजको बैठक स्थगित भएको हो। उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसद्हरुले नाराबाजी गरेका थिए। 

बैठकमा एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिती गठन नभएसम्म विरोध जारी रहने बताउनुभयो। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची थियो। 

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री  धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, सदन समक्ष पेश गर्ने कार्यसूची थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता