"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वदलीय सहमतीबाट सदनको गतिरोध अन्त्य गर्न राष्ट्रपतिको आग्रह

प्रकाशित मिति :  11 August, 2023 1:06 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा रहेका सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गरेका छन् ।

राष्ट्रपति पौडेललाई भेट्न शुक्रबार बिहान सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए । बिहान १० बजेदेखि आधा घण्टा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले ‘संसदमा देखा परेको राजनीतिक गतिरोध फुकाउन के भइरहेको छ ?’ भनी चासो राखेका थिए ।

जवाफमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सदन खुलाउन गरेको पहल र आन्तरिक छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएको सभामुखमा प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिए ।

साथसाथै सभामुख घिमिरेले ‘अविभावकको नाताले पहल हुन्छ भने गरिदिनुस्’ भनेर राष्ट्रपतिसमक्ष सदन खुलाउने प्रयासका लागि सहयोग मागेका थिए ।

त्यसपछि राष्ट्रपति पौडेलले सबै राजनीतिक दललाई विश्वासमा लिएर सदनको गतिरोध अन्त्य गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता संघीय संसदको दुवै सदनको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता