"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निजामति विधेयक संसद्मा पेश गर्नुपूर्व परामर्श लिँदै सरकार

प्रकाशित मिति :  17 August, 2023 12:58 pm


काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयक सदनमा पेस गर्नुअघि परामर्शका लागि लोकसेवा आयोग पठाएको छ। गत मंगलबारको मन्त्रिपरिषद् बैठकले विधेयक पारित गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै विधेयकबारे कानुन तथा अर्थ मन्त्रालयबाट सहमति लिइसकेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता, सहसचिव कमलप्रसाद भट्टराईले विधेयकलाई सरकारले अघि बढाएको बताए। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि निजामती विधेयक अघि बढे‍को बताए। उनले अब एक साताभित्रै विधेयक सदनमा पेस गरिने बताए।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समितिले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै खड्काले अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुने गरी विधेयक ल्याउने बताएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा