"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निजामति विधेयक संसद्मा पेश गर्नुपूर्व परामर्श लिँदै सरकार

प्रकाशित मिति :  17 August, 2023 12:58 pm


काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयक सदनमा पेस गर्नुअघि परामर्शका लागि लोकसेवा आयोग पठाएको छ। गत मंगलबारको मन्त्रिपरिषद् बैठकले विधेयक पारित गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै विधेयकबारे कानुन तथा अर्थ मन्त्रालयबाट सहमति लिइसकेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता, सहसचिव कमलप्रसाद भट्टराईले विधेयकलाई सरकारले अघि बढाएको बताए। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि निजामती विधेयक अघि बढे‍को बताए। उनले अब एक साताभित्रै विधेयक सदनमा पेस गरिने बताए।

नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समितिले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै खड्काले अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुने गरी विधेयक ल्याउने बताएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।