"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेविसंघ र सिटिईभिटीबीच ५ बुँदे सहमति

प्रकाशित मिति :  19 September, 2023 3:11 pm


काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) र  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीच ५ बुँदे सहमति भएको छ । ३ भदाैमा नेविसंघले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएपछि सहमतिका लागि परिषद् कार्यालयले वार्ता टोली गठन गरेको थियो । त्यसपछि दुवै पक्षका प्रतिनिधिबीच भएकाे छलफलमा ५ बुँदे सहमति बनेकाे हाे । 

सहमतिअनुसार, चालु शैक्षिक सत्र २०८०/०८१ बाट परिषद्को तीनवटा आंगिक शिक्षालयहरूमा विशेष छात्रवृत्ति (निशुल्क पठनपाठन, खाना तथा आवास) कार्यक्रमअन्तर्गत विकट जिल्लाका ८० वटा पालिका र दलित, मुस्लिम, विपन्न र सिमान्तकृत समुदायका कम्तीमा १ सय २० जना विद्यार्थीलाई डिप्लोमा इन फार्मेसी कार्यक्रम संचालन गरी भर्ना प्रक्रिया गरिने भएकाे छ । 

यसैगरी २ भदाैमा परिषद्बाट संचालित मधेश प्रदेशअन्तर्गतको प्रवेश परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा छानबिन टोली गठन गरी यथाशीघ्र सत्यतथ्य जानकारी लिने पनि सहमति भएकाे छ ।

आगामी शैक्षिक सत्रबाट थप आंगिक शिक्षालयहरूमा प्रमाणपत्र तह नर्सिङ्ग कार्यक्रम संचालनका लागि अध्ययन टोली बनाई प्रक्रिया तत्काल सुरु गर्ने पनि सहमति भएकाे नेविसंघका नेता नारायण पाण्डेले जानकारी दिए । 

यसैगरी, आगामी शैक्षिक सत्रदेखि परिषद्बाट संचालित वार्षिक परीक्षाको ट्रान्सक्रिप्ट प्रदेश कार्यालयहरूबाट नै वितरण गर्ने व्यवस्था मिलाइने समझदारी बनेकाे छ । 

सहमतिपत्र ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक