"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अन्तर्राष्ट्रिय बजारमा तेल र ग्यासको मूल्य फेरि बढ्यो

प्रकाशित मिति :  1 March, 2022 9:20 pm


काठमाडौँ । भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपाल आयल निगमलाई ग्यास र पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको जनाउँदै आईओसीले मंगलबार मूल्य बढाएर पठाएको हो ।

‘मंगलबार पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा, मट्टितेलमा १० रुपैयाँ ३० पैसा बढेर आएको छ । हवाई इन्धनमा प्रतिलिटर ३ रुपैयाँ ३२ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ९९ रुपैयाँ १७ पैसा बढेको छ,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले भने, ‘मूल्य समायोजन नहुँदा निगमलाई १५ दिनमा ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ घाटा देखिन्छ । यो घाटा अहिलेसम्मकै उच्च हो ।’

निगमका अनुसार मूल्य समायोजन नहुँदा अहिले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ ८ पैसा, एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा छ । मट्टितेल, हवाई इन्धनमा भने मूल्य बढे पनि नाफामै रहेको निगमले जनाएको छ ।

रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय व्यापार नै उथलपुथल भएको छ । त्यसकै प्रत्यक्ष असर कच्चा तेल र ग्यासमा परेकाले नेपालमा असर देखिएको हो । केही दिनअघि ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय ४ डलरसम्म पुगेको थियो । यद्यपि मंगलबार भने प्रतिब्यारेल १ सय डलर आसपासमा छ । ‘अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावले यहाँ पनि समस्या बनाएको छ,’ उपाध्यायले भने, ‘हरेक महिनाको ८ र २३ तारिखमा आईओसीलाई रकम भुक्तानी गर्नुपर्छ । मूल्य समायोजन नहुँदा ठूलो समस्या पर्ने देखिन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।