"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राहत शिक्षकले गरे सडकमा सुतेर प्रदर्शन

प्रकाशित मिति :  25 September, 2023 4:19 pm


काठमाडौँ । सामुदायिक विद्यालयमा राहत कोटा र बालविकास (ईसीडी) शिक्षकले सोमबार राजधानीको सडकमा सुतेर प्रदर्शन गरेका छन्। सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले राजधानीको माइतीघर-बानेश्वर सडक खण्डमा सुतेर प्रदर्शन गरेका हुन्।

सरकार र महासंघबीच राहत शिक्षक स्थायी हुनका लागि एकपटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने व्यवस्था गरिने उल्लेख छ। राहत शिक्षक भने शतप्रतिशत नै आन्तरिक प्रतिस्पर्धा गरी स्थायी हुनुपर्ने पक्षमा छन्।

महासंघको नेतृत्वमा भएको आन्दोलन गत शुक्रबारदेखि फिर्ता भए पनि सहमतिको विरोधमा राहत, ईसीडीलगायतका शिक्षकहरूले भने शनिबारदेखि राजधानी केन्द्रित आन्दोलन जारी राखेका छन्।

सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा नेपाल शिक्षक महासंघ आन्दोलित भएको थियो।

महासंघसँग वार्ता गरी सहमति भए पनि राहत,  ईसीडी शिक्षक, पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन, सामुदायिक विद्यालय कर्मचारी संघ आन्दोलनमै रहेका हुन्। उनीहरू आफ्ना माग पूरा नभई विद्यालय नफर्कने पक्षमा छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको