"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राहत शिक्षकले गरे सडकमा सुतेर प्रदर्शन

प्रकाशित मिति :  25 September, 2023 4:19 pm


काठमाडौँ । सामुदायिक विद्यालयमा राहत कोटा र बालविकास (ईसीडी) शिक्षकले सोमबार राजधानीको सडकमा सुतेर प्रदर्शन गरेका छन्। सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले राजधानीको माइतीघर-बानेश्वर सडक खण्डमा सुतेर प्रदर्शन गरेका हुन्।

सरकार र महासंघबीच राहत शिक्षक स्थायी हुनका लागि एकपटकका लागि आन्तरिकतर्फ ७५ प्रतिशत कायम गर्ने व्यवस्था गरिने उल्लेख छ। राहत शिक्षक भने शतप्रतिशत नै आन्तरिक प्रतिस्पर्धा गरी स्थायी हुनुपर्ने पक्षमा छन्।

महासंघको नेतृत्वमा भएको आन्दोलन गत शुक्रबारदेखि फिर्ता भए पनि सहमतिको विरोधमा राहत, ईसीडीलगायतका शिक्षकहरूले भने शनिबारदेखि राजधानी केन्द्रित आन्दोलन जारी राखेका छन्।

सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा नेपाल शिक्षक महासंघ आन्दोलित भएको थियो।

महासंघसँग वार्ता गरी सहमति भए पनि राहत,  ईसीडी शिक्षक, पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन, सामुदायिक विद्यालय कर्मचारी संघ आन्दोलनमै रहेका हुन्। उनीहरू आफ्ना माग पूरा नभई विद्यालय नफर्कने पक्षमा छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्