"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थनीतिमा छलफल गर्न कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्दै

प्रकाशित मिति :  27 September, 2023 6:34 pm


काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई दिन कन्क्लेभ गर्न लागिएको हो । पार्टीको अर्थनीतिसम्बन्धी कन्क्लेभ सुवर्ण शमशेरको स्मृति दिवसको अवसरमा  कात्तिक २४ गते गर्न लागिएको हो ।

महामन्त्री गगन थापाका अनुसार दुई दिने कन्क्लेभको एक दिनको मात्रै टुंगो लागेको छ । अर्को एक दिन कात्तिक २३ वा २५ मध्ये एक हुनेछ । सुवर्ण शमशेर बजेट प्रस्तुत गर्ने नेपालको पहिलो व्यक्ति समेत हुन् । उनले बजेट प्रस्तुत २००८ माघ १९ मा गरेका थिए ।

कांग्रेसका पहिलो अर्थमन्त्री समेत रहेका सुवर्ण शमशेरको स्मृतिलाई कांग्रेसले अर्थनीतिसँग जोडेर कार्यक्रम गर्न लागेको हो । ‘इकोनोमी कन्क्लेभ’ मा अर्थविदले आर्थिक नीतिका बारेमा विभिन्न आयामवारे कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ । पार्टीले विगतमा लिएका आर्थिक नीति, उपलब्धि, अवको बाटो लगायतमा छलफल गरिने महामन्त्री थापाले जानकारी गराए । आर्थिकको अहिलको संकटका कारणहरु खोज्ने बताए । केन्द्रमा हुने बहस गम्भिर सैद्धान्तिक विषयमा हुने थापाले जानकारी दिए ।

२०४६ सालपछि आर्थिकको पक्षमा कांग्रेसले अंगालेको नीति कति ठीक/कति बेठीक विषयमा पनि छलफल हुनेछ । ‘हामी कहाँ चुक्यौं, समीक्षा गर्छौं । अगाडीको बाटो खोज्छौं । अहिलेको समसामयिक विषयमा पनि छलफल गर्छौं,’ थापाले भने ।

कांग्रेसले केन्द्रमा मात्रै अर्थनीतिको चर्चा नगरि तल्लो तहमा पनि बहस गर्ने भएको छ । सातवटै प्रदेश र सबै पालिकामा अर्थनीति माथि छलफल गरिने महामन्त्री थापा बताउँछन् । तल्लो तहमा हुने कार्यक्रममा स्थानीय उद्यमीलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ । महामन्त्री थापा भन्छन्, ‘त्यहाँको आर्थिक अवस्था र सम्भावनाको विषयमा छलफल गर्छौं ।’

इकोनोमी कन्क्लेभको पहिलो दिनमा अर्थतन्त्रको समसायिक अवस्थामा बहस हुनेछ भने दोस्रो दिनमा सैद्धान्तिक पक्षमा छलफल हुनेछ । अर्थतन्त्रका विभिन्न पाटामा फरक फरक सेसनमा छलफल तथा अन्तक्रिया राखिने भएको छ ।

अर्थनीति माथिको छलफल तथा बहसमा अर्थविज्ञ, पूर्वअर्थमन्त्रीहरु, नियामक निकायका पदाधिकारीहरु, उद्योगी, व्यवसायी लगायतलाई आमन्त्रण गरिने भएको छ । अर्थतन्त्र भित्रका विभिन्न पक्षमा छलफल गर्न वक्ता र सहजकर्ताहरु तोकिने भएको छ । विषय विज्ञसँग गरिने छलफल तथा अन्तक्रिया सेसनको सहजीकरणको भूमिकामा पार्टी नेताहरु पनि हुनेछन् ।

  • अनलाईनबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा