"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थनीतिमा छलफल गर्न कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्दै

प्रकाशित मिति :  १० आश्विन २०८०, बुधबार १८:३४


काठमाडौं । नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई दिन कन्क्लेभ गर्न लागिएको हो । पार्टीको अर्थनीतिसम्बन्धी कन्क्लेभ सुवर्ण शमशेरको स्मृति दिवसको अवसरमा  कात्तिक २४ गते गर्न लागिएको हो ।

महामन्त्री गगन थापाका अनुसार दुई दिने कन्क्लेभको एक दिनको मात्रै टुंगो लागेको छ । अर्को एक दिन कात्तिक २३ वा २५ मध्ये एक हुनेछ । सुवर्ण शमशेर बजेट प्रस्तुत गर्ने नेपालको पहिलो व्यक्ति समेत हुन् । उनले बजेट प्रस्तुत २००८ माघ १९ मा गरेका थिए ।

कांग्रेसका पहिलो अर्थमन्त्री समेत रहेका सुवर्ण शमशेरको स्मृतिलाई कांग्रेसले अर्थनीतिसँग जोडेर कार्यक्रम गर्न लागेको हो । ‘इकोनोमी कन्क्लेभ’ मा अर्थविदले आर्थिक नीतिका बारेमा विभिन्न आयामवारे कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ । पार्टीले विगतमा लिएका आर्थिक नीति, उपलब्धि, अवको बाटो लगायतमा छलफल गरिने महामन्त्री थापाले जानकारी गराए । आर्थिकको अहिलको संकटका कारणहरु खोज्ने बताए । केन्द्रमा हुने बहस गम्भिर सैद्धान्तिक विषयमा हुने थापाले जानकारी दिए ।

२०४६ सालपछि आर्थिकको पक्षमा कांग्रेसले अंगालेको नीति कति ठीक/कति बेठीक विषयमा पनि छलफल हुनेछ । ‘हामी कहाँ चुक्यौं, समीक्षा गर्छौं । अगाडीको बाटो खोज्छौं । अहिलेको समसामयिक विषयमा पनि छलफल गर्छौं,’ थापाले भने ।

कांग्रेसले केन्द्रमा मात्रै अर्थनीतिको चर्चा नगरि तल्लो तहमा पनि बहस गर्ने भएको छ । सातवटै प्रदेश र सबै पालिकामा अर्थनीति माथि छलफल गरिने महामन्त्री थापा बताउँछन् । तल्लो तहमा हुने कार्यक्रममा स्थानीय उद्यमीलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ । महामन्त्री थापा भन्छन्, ‘त्यहाँको आर्थिक अवस्था र सम्भावनाको विषयमा छलफल गर्छौं ।’

इकोनोमी कन्क्लेभको पहिलो दिनमा अर्थतन्त्रको समसायिक अवस्थामा बहस हुनेछ भने दोस्रो दिनमा सैद्धान्तिक पक्षमा छलफल हुनेछ । अर्थतन्त्रका विभिन्न पाटामा फरक फरक सेसनमा छलफल तथा अन्तक्रिया राखिने भएको छ ।

अर्थनीति माथिको छलफल तथा बहसमा अर्थविज्ञ, पूर्वअर्थमन्त्रीहरु, नियामक निकायका पदाधिकारीहरु, उद्योगी, व्यवसायी लगायतलाई आमन्त्रण गरिने भएको छ । अर्थतन्त्र भित्रका विभिन्न पक्षमा छलफल गर्न वक्ता र सहजकर्ताहरु तोकिने भएको छ । विषय विज्ञसँग गरिने छलफल तथा अन्तक्रिया सेसनको सहजीकरणको भूमिकामा पार्टी नेताहरु पनि हुनेछन् ।

  • अनलाईनबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकोत्सव तथा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन् । बिहीबार

काठमाडौं – विद्युत् प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङलाई सरकारले दिएको शून्य अंकको विषय संसदमा उठेको छ । नेकपा माओवादी केन्द्रका सांसद हितराज

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा