"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार उल्टो गतिमा हिँडेको महामन्त्री गगन थापाको खवरदारी

प्रकाशित मिति :  30 September, 2023 6:47 pm


सिन्धुली । कांग्रेस महामन्त्री गगन थापाले सरकार उल्टो गतिमा हिँडेको आरोप लगाएका छन् । सिन्धुलीको दुधौलीमा कांग्रेसले शनिबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले डाक्टरहरुको आन्दोलनलाई सरकारले अनदेखा गरेको आरोप लगाए ।

‘डाक्टर कुट्नेलाई थुन्नु पर्दैन ?,’ उनले भने, ‘थुन्नुपर्नेलाई नथुन्ने, नथुन्नु पर्नेलाई थुन्ने उल्टो गतिमा सरकार हिँडेको छ ।’ प्रदेश सरकारलाई अधिकार नदिएकोमा आक्रोश व्यक्त गर्दै महामन्त्री थापाले भने, ‘एउटा भवन बनाउन जग्गाको निर्णय गर्नुपर्दा मुख्यमन्त्रीलाई मालपोतको हाकिमले डन्डा चलाउँछ, अनि कसरी संघीयता बलियो हुन्छ ?’

‘मुख्यमन्त्री जिल्लाको सीडीओ र मालपोतको हाकिमभन्दा तल छ,’ उनले भने, ‘यस्तो कहीं हुन्छ । प्रहरीको त परैजाओस् चाहिने कर्मचारीसमेत दिएको छैन ।’

कोशी प्रदेशमा केही दिनमै कांग्रेस नेतृत्वमा सरकार बन्ने उनले ठोकुवा गरे । कांग्रेसको जिम्मामा देश रहेकाले यो भएन, त्यो भएन भन्ने छुट नरहेको महामन्त्री थापाको भनाइ थियो । नयाँ पार्टीलाई रत्नपार्कको पेटिमा बसेर दबाई बिक्री गर्नेको संज्ञा दिँदै महामन्त्री थापाले देश बनाउन ‘जादुको छडी छ’ भनेजस्तै गरेर हिँडेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।