"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकार उल्टो गतिमा हिँडेको महामन्त्री गगन थापाको खवरदारी

प्रकाशित मिति :  30 September, 2023 6:47 pm


सिन्धुली । कांग्रेस महामन्त्री गगन थापाले सरकार उल्टो गतिमा हिँडेको आरोप लगाएका छन् । सिन्धुलीको दुधौलीमा कांग्रेसले शनिबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले डाक्टरहरुको आन्दोलनलाई सरकारले अनदेखा गरेको आरोप लगाए ।

‘डाक्टर कुट्नेलाई थुन्नु पर्दैन ?,’ उनले भने, ‘थुन्नुपर्नेलाई नथुन्ने, नथुन्नु पर्नेलाई थुन्ने उल्टो गतिमा सरकार हिँडेको छ ।’ प्रदेश सरकारलाई अधिकार नदिएकोमा आक्रोश व्यक्त गर्दै महामन्त्री थापाले भने, ‘एउटा भवन बनाउन जग्गाको निर्णय गर्नुपर्दा मुख्यमन्त्रीलाई मालपोतको हाकिमले डन्डा चलाउँछ, अनि कसरी संघीयता बलियो हुन्छ ?’

‘मुख्यमन्त्री जिल्लाको सीडीओ र मालपोतको हाकिमभन्दा तल छ,’ उनले भने, ‘यस्तो कहीं हुन्छ । प्रहरीको त परैजाओस् चाहिने कर्मचारीसमेत दिएको छैन ।’

कोशी प्रदेशमा केही दिनमै कांग्रेस नेतृत्वमा सरकार बन्ने उनले ठोकुवा गरे । कांग्रेसको जिम्मामा देश रहेकाले यो भएन, त्यो भएन भन्ने छुट नरहेको महामन्त्री थापाको भनाइ थियो । नयाँ पार्टीलाई रत्नपार्कको पेटिमा बसेर दबाई बिक्री गर्नेको संज्ञा दिँदै महामन्त्री थापाले देश बनाउन ‘जादुको छडी छ’ भनेजस्तै गरेर हिँडेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा