"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौँ : प्रधानमन्त्री

प्रकाशित मिति :  6 December, 2023 12:29 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन् । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे । 

‘विज्ञान तथा प्रविधि विकासका लागि सरकारले रु. एक अर्बको कोष स्थापना गर्ने चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ,’ नास्टका कुलपतिसमेत रहेका प्रचण्डले भने, ‘केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुनछ ।’ विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरूले दिएको योगदानबारे आफूले नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै उनले  मुलुकमा यस क्षेत्रको क्षमता विकासमा तीव्रता आएको बताए । 

‘सरकारले तपाईंहरूले अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेकाे छैन । सरकारका पनि विभिन्न बाध्यता हुँदा रहेछन्,’ प्रधानमन्त्री प्रचण्डले भने,  ‘म आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसक्नुका कारण तत्वबारे जानकार छु ।’ उनले आगामी सोह्रौँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिका क्षेत्रको विकासका लागि अख्तियार गर्नुपर्ने रणनीतिबारे गहन छलफल गरेर रणनीतिक योजनाको खाका तयार गर्न आग्रह गरे । 

‘सोह्रौँ योजनामा के–कस्ता कार्यक्रम समावेश गरी यस क्षेत्रमा स्थापित हुन सम्भव हुन्छ, गहन छलफल र मन्थन गरेर भावी योजना तय गर्न उपयुक्त हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘देशको आवश्यकता र प्राथमिकतालाई मनन गरी सरकारको सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रही रणनीतिक योजनाको खाका तयार गर्न अनुरोध गर्दछु ।’

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नास्टको प्रविधि भवन र बायोमेडिकल रिसर्च ल्याबोरोटरी भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा नास्टका वैज्ञानिक तथा प्राविधिकलाई पुरस्कृत गरिएको थियो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी