"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिविमा ३ सेमेस्टरको नयाँ बीएड कार्यक्रम सुरु

प्रकाशित मिति :  3 January, 2024 12:09 pm


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यालय शिक्षाका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक वर्षे बीएड कार्यक्रम सञ्चालनमा ल्याएको थियो । तर, प्रभावकारी नभएको भन्दै दुई वर्षअघि बन्द गर्‍यो । अहिले फेरि तीन सेमेस्टर अर्थात् डेढ वर्षको बनाएर सञ्चालनमा ल्याएको छ । किन फेरि सञ्चालनमा ल्यायो त्रिविले एक पटक बन्द गरिसकेको कार्यक्रम ?

शिक्षाशास्त्र बाहेक अन्य संकायका विद्यार्थीलाई शिक्षण पेसामा आकर्षित गर्न त्रिवि शिक्षा शास्त्र संकायले तीन सेमेस्टरको नयाँ बीएड कार्यक्रम सुरु गरेको छ । यसलाई शिक्षा शास्त्र संकायका २६ वटा आंगिक क्याम्पसमध्ये १३ वटामा सञ्चालन गरिनेछ भने दुई सेमेस्टर सैद्धान्तिक ज्ञान दिने र अन्तिम सेमेस्टर प्रयोगात्मक गराइने त्रिविले जनाएको छ ।

एक वर्षे बीएड कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै खारेज गरेको विश्वविद्यालयले नयाँ स्वरूपमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । एक वर्षे बीएडमा भर्ना हुने तर कक्षामा नबसी अन्तिममा परीक्षा दिने गरेकाले विद्यार्थीमा शिक्षण पेसामा हुने ज्ञान र सीपको अभाव थियो । सेमेस्टर प्रणाली गरेपछि विद्यार्थी नियमित उपस्थित हुने र शिक्षण सिकाइका तौरतरिका, मूल्यांकन विधि, मनोवैज्ञानिक ज्ञान तथा सीप सिक्ने शिक्षक तथा विद्यार्थीहरू बताउँछन् ।

शिक्षा शास्त्र संकायमा केही वर्ष अघिसम्म डेढ लाख भन्दा बढी विद्यार्थी हुने गरेका थिए । विद्यार्थी बिदेसिने क्रम बढ्नु, शिक्षक सेवा आयोगले नियमित विज्ञापन नगर्नु र रोजगारीका अवसर नहुनुलगायतका कारण विद्यार्थी घटेका छन् । अहिले मुस्किलले ५० हजार पनि छैनन् ।

शिक्षाशास्त्रको शिक्षा कमजोर भएकै कारण शिक्षक सेवा आयोगले लिने शिक्षकको खुला विज्ञापनमा पनि धेरै फेल हुने गरेका छन् । नयाँ ढाँचामा अघि बढाइएको यो कार्यक्रमले कत्तिको दक्ष जनशक्ति उत्पादन गर्ला त ?



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका

काठमाडौं – नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध