"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति :  31 January, 2024 12:22 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको बाह्रौं साधारणसभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्ने बताए । त्यसका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उनको जोड छ ।

प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगविना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ । जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ ।’

देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘यस विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सक्छ ।’

कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको संख्या बढेको भन्दै खुसी व्यक्त गरेका प्रधानमन्त्री प्रचण्डले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको देख्न चाहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले स्याङ्जा र गोरखाका स्वीकृत कलेजहरूमा समेत शैक्षिक कार्यक्रम सुरू गर्न विश्वविद्यालयलाई सुझाव दिए ।

विश्वविद्यालयले हाल विभिन्न प्रदेशहरूमा ८ वटा कृषि संकाय र एउटा वनविज्ञान संकायअन्तर्गतका कलेज र दुई वटा कृषि विज्ञान केन्द्र स्थापना गरी सन्चालनमा ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय