"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा

प्रकाशित मिति :  7 February, 2024 2:43 pm


काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी अपचलन गरेको आरोपमा पक्राउ परेका तीनै जना हिरासतबाट छुटेका छन्। व्यवसायी अरुण चौधरी, कारानाखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। माघ १८ गते पक्राउ परेका उनीहरू तीनै जनालाई बुधबार थुनामुक्त गरिएको हो।

जिल्ला अदालत काठमाडौँबाट पहिलो चरणमा चार दिनको म्याद लिएर उनीहरूमाथि प्रहरीले सरकारी वकिलको कार्यालयका प्रतिनिधिको रोहबरमा बयान लिएको थियो। चार दिनको म्याद सकिए पनि बयान बाँकी नै भएपछि सोमबार पुन: म्याद थपका लागि अदालत लगिएको थियो। अदालतले दुई दिन थुनामा राखेर अनुसन्धान गर्न र त्यसपछि अनुसन्धान नसकिए हाजिरी जमानीमा छोड्न आदेश दिएको थियो।

अदालतले पक्राउ परेकाहरू तत्कालै कतै भाग्ने सम्भावना नभएको र विवादित थप जग्गा हिनामिना गर्न पनि नसक्ने वातावरण भएको भन्दै रिहा गर्न भनेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय