"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा

प्रकाशित मिति :  7 February, 2024 2:43 pm


काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी अपचलन गरेको आरोपमा पक्राउ परेका तीनै जना हिरासतबाट छुटेका छन्। व्यवसायी अरुण चौधरी, कारानाखानाका तत्कालीन प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो। माघ १८ गते पक्राउ परेका उनीहरू तीनै जनालाई बुधबार थुनामुक्त गरिएको हो।

जिल्ला अदालत काठमाडौँबाट पहिलो चरणमा चार दिनको म्याद लिएर उनीहरूमाथि प्रहरीले सरकारी वकिलको कार्यालयका प्रतिनिधिको रोहबरमा बयान लिएको थियो। चार दिनको म्याद सकिए पनि बयान बाँकी नै भएपछि सोमबार पुन: म्याद थपका लागि अदालत लगिएको थियो। अदालतले दुई दिन थुनामा राखेर अनुसन्धान गर्न र त्यसपछि अनुसन्धान नसकिए हाजिरी जमानीमा छोड्न आदेश दिएको थियो।

अदालतले पक्राउ परेकाहरू तत्कालै कतै भाग्ने सम्भावना नभएको र विवादित थप जग्गा हिनामिना गर्न पनि नसक्ने वातावरण भएको भन्दै रिहा गर्न भनेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे