"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१०१ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार विजयी

प्रकाशित मिति :  12 February, 2024 12:31 pm


एजेन्सी । पाकिस्तानमा मतगणनता सम्पन्न भएको छ। प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आएको हो। एक सिटको निर्वाचन रद्द भएको छ भने एक क्षेत्रमा मतगणना स्थगित भएको छ।

२६४ सिटको नतिजा आउँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट जितेको छ। पिटिआईलाई त्यहाँको निर्वाचन आयोगले उनीहरूको चुनाव चिह्न नदिएपछि पिटिआईका र त्यसका समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यसपालि त्यहाँ नवाज सरिफको पाकिस्तान मुस्लिम लिग-नेश्नलिस्ट (पिएमएल-एन)लाई पाकिस्तानी सेनाको समर्थन थियो। सेनाको समर्थनका बाबजुद उक्त दलले पनि बहुमत पाउन सकेन। पिएमएल-एनले ७५ सिट ल्याएको छ। त्यस्तो बिलाओल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी पार्लियामेन्टेरियन (पिपिपी)ले ५४ सिट जितेको छ भने मुत्ताहिडा क्वमी मुभमेन्टले १७ सिट जितेको छ।

चारवटै प्रान्तीय सभाको पनि परिणाम आइसकेको छ। पञ्जाबमा २९७ सिटमध्ये १३८ सिटमा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। यहाँ पिएमल- एनले १३७ सिट जितेको छ भने पिपिपीले १० सिट मात्रै ल्याएको छ।

सिन्धमा १३० मध्ये पिपिपीले ८४ सिट ल्याएको छ। यहाँ मुत्ताहिडा क्वमी मुभमेन्ट पाकिस्तानले २८ सिट जित्दा इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले १३ सिट जितेक छन्। खेबर पख्तुन्ख्वामा १२२ मध्ये ९० सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्। बलोचिस्तानमा ५१ सिटमध्ये पिपिपीले ११, पिएमएल-एनले १०, जमियत उलमा-इ-इस्लामले ११ र स्वतन्त्र उम्मेदवारले ६ सिट जितेको छ।

यसपालि सेनाले निर्वाचनमा धाँधली र हस्तक्षेप गरेका कारण निष्पक्ष निर्वाचन हुन नकसेको समेत भनिएको छ। अमेरिका, बेलायत र इयूले वक्तव्य नै जारी गरेर पाकिस्तानको निर्वाचनमा सेनाले धाँधली र  हस्तक्षेप गरेको बताउँदै  छानबिनको माग गरेको छ।

त्यहाँ मतदान र मतगणनाको समयमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको थियो। नेता कार्यकर्ताहरूलाई पक्राउ र पत्रकारहरूमाथि कुटपिट भएको समाचारहरू सार्वजनिक भएको थियो। केन्द्रमा कुनैपनि दलको बहुमत नआउँदा पाकिस्तानको आगामी प्रधानमन्त्री को बन्छ भन्ने स्पष्ट भइसकेको छैन। पञ्जाब र बलोचिस्तान दुई प्रान्तको अवस्था पनि त्यस्तै छ।

सिन्धमा पिपिपी र खेबरमा स्वतन्त्र उम्मेदवारहरूले बहुमत प्राप्त गरेको छ।्



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले

काठमाडौँ- ब‌गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले नेपालमा हुन गइरहेको संसदीय निर्वाचन सफलताका लागि शुभकामना व्यक्त गरेका छन्। सपथग्रहण कार्यक्रममा सहभागी हुन

काठमाडौँ — आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) ले ऐतिहासिक विजय हासिल गरेको छ।

काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ