"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति :  12 February, 2024 8:54 pm


काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा नेपाली कांग्रेसले धोका दिएको टिप्पणी गरेका छन्। केन्द्रीय कमिटी बैठकमा दाहालले कोशी प्रदेश सरकार गठनको विषय निकाल्दै कांग्रेसले धोका दिएको बताएका हुन्।

उनले भने, ”कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ। हामी इमान्दार भयौँ। गठबन्धनबाट जहिले नै धोका भइरहेको छ।’ दाहालले फागुन १ गते (भोलि) जनयुद्ध दिवस मनाएरै छोड्ने पनि बताए। ‘हामी अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ’ दाहालले भने।

दाहालले माओवादी समाजवाद दिशातर्फ केन्द्रित भएको पनि बताए। उनले पहिचान नामले भन्दा पनि कामले गर्दा हुने बताए। माओवादी नामले मात्रै केही नहुने भन्दै केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशन दिए।

उनले भने, ‘हाम्रो पहिचान बाँकी रहेको माओवादी नामले नै हो भनिन्छ,तर नाम होइन काम ठूलो हो। नामले मात्र केही हुँदैन, काम अनुसार पार्टीको नाम चाहिन्छ।’ दाहालले माओवादीको पार्टी पंक्तिले थाहै नपाइकन वर्ग छाडेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेशमा सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुवै दलबीच प्रदेश सरकार

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय