"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति :  12 February, 2024 8:54 pm


काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा नेपाली कांग्रेसले धोका दिएको टिप्पणी गरेका छन्। केन्द्रीय कमिटी बैठकमा दाहालले कोशी प्रदेश सरकार गठनको विषय निकाल्दै कांग्रेसले धोका दिएको बताएका हुन्।

उनले भने, ”कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ। हामी इमान्दार भयौँ। गठबन्धनबाट जहिले नै धोका भइरहेको छ।’ दाहालले फागुन १ गते (भोलि) जनयुद्ध दिवस मनाएरै छोड्ने पनि बताए। ‘हामी अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ’ दाहालले भने।

दाहालले माओवादी समाजवाद दिशातर्फ केन्द्रित भएको पनि बताए। उनले पहिचान नामले भन्दा पनि कामले गर्दा हुने बताए। माओवादी नामले मात्रै केही नहुने भन्दै केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशन दिए।

उनले भने, ‘हाम्रो पहिचान बाँकी रहेको माओवादी नामले नै हो भनिन्छ,तर नाम होइन काम ठूलो हो। नामले मात्र केही हुँदैन, काम अनुसार पार्टीको नाम चाहिन्छ।’ दाहालले माओवादीको पार्टी पंक्तिले थाहै नपाइकन वर्ग छाडेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे