"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित

प्रकाशित मिति :  22 February, 2024 10:00 pm


प्रतिनिधिसभाको बिहीबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक बिहीबार स्थगित गरिएको छ। प्रतिनिधिसभा राजनीतिक दलसम्बन्धी छलफल भइरहेको थियो। संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभा बैठकमा एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ।

गणपूरक संख्या यकिन गर्दा ६५ जना मात्रै उपस्थित भएपछि बाँकी कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी बैठकमा सभामुख देवराज घिमिरेले दिएका थिए। उनले भने, ‘प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको संख्या ६५ रहेकाले गणपूरक संख्या पुगेन। आजको कार्यसूचीको बाँकी कार्यक्रम सूचीबाट हटाइएको छ।’ प्रतिनिधिसभा २७५ सदस्यीय छ।

यसअघि एमालेका सांसद महेश बर्तौलाले संविधानको धारा ९४ बमोजिम बैठकमा गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि तीन मिनेट घण्टी बजाई सभामुखले गणपूरक संख्या यकिन गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार ११ बजे बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी