"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि स्थगित

प्रकाशित मिति :  22 February, 2024 10:00 pm


प्रतिनिधिसभाको बिहीबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक बिहीबार स्थगित गरिएको छ। प्रतिनिधिसभा राजनीतिक दलसम्बन्धी छलफल भइरहेको थियो। संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधिसभा बैठकमा एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ।

गणपूरक संख्या यकिन गर्दा ६५ जना मात्रै उपस्थित भएपछि बाँकी कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी बैठकमा सभामुख देवराज घिमिरेले दिएका थिए। उनले भने, ‘प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको संख्या ६५ रहेकाले गणपूरक संख्या पुगेन। आजको कार्यसूचीको बाँकी कार्यक्रम सूचीबाट हटाइएको छ।’ प्रतिनिधिसभा २७५ सदस्यीय छ।

यसअघि एमालेका सांसद महेश बर्तौलाले संविधानको धारा ९४ बमोजिम बैठकमा गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि तीन मिनेट घण्टी बजाई सभामुखले गणपूरक संख्या यकिन गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार ११ बजे बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद