"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विवादित मन्त्री र सांसदमाथि अनुसन्धान गर्न गगन थापाको आग्रह

प्रकाशित मिति :  26 February, 2024 2:37 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले संसदमा सार्थक बहस हुन नसकेको भन्दै विवादित व्यक्तिहरूलाई संसदमा प्रवेश नदिई अनुसन्धान गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा थापाले एकले अर्कालाई आरोप–प्रत्यारोपको दोहोरी चलिरहेको उल्लेख गर्दै भने, ‘विगत केही दिनदेखि यता बसेकोले उता दागी देखाउने, उता बसेकोले यता दागी देखाउने दोहोरी चलिरहेको छ। यही पाराले न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायामा पर्ने भयो।’

आरोप–प्रत्यारोपले मूल विषय ओझेलमा परेका औँल्याउँदै थापाले विवादित व्यक्तिहरू कुन पार्टीका हुन् भन्ने नहेरी संसदभन्दा बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने स्पष्ट पारे।

‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऊँ,’ उनले भने, ‘सहकारी ठग्ने, दुई–चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔँ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्। सरकारले संवैधानिक परिषदसहित ५ वटा

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अध्यादेशबारे प्रष्टीकरण दिएका छन्। बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा बोल्दै सभापति