"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  4 March, 2024 6:25 pm


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । पटक-पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको भनाइ छ । 

सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’ मा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी भएको बताएका हुन् ।

‘माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरीजस्तो होइन, गडगडाएर बग्ने नदीजस्तो हो । माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो,’ प्रधानमन्त्री दाहालले भने ।

दाहालले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञा पनि दिए । साथै आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भई नै रहने पनि उनको भनाइ छ ।

कार्यक्रममा उपस्थितहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘विप्लव उठ्नेबित्तिकै तपाईंहरूमा एउटा तरंग पैदा हुन्छ । म त म भई नै हालेँ । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ । मलाई घेरा हालेर सिध्याउन धेरैचोटी कोसिसहरू भए प्रतिक्रियावादीबाट । घेरा तोड्दै आएका छौं तोड्दै जान्छौं । साथीहरूलाई म भन्छु ठूला कुरा गर्नु भन्दा हामी क्रान्तिकारीहरू एकठाउँमा उभिऔं ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम – सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्